Erani Mahal
पूर्वखोला गाउँपालिकामा आधारभूत तह स्तरीय हिज्जे प्रतियोगिता
70557420_521669221707647_1904408204356354048_n

पाल्पा- पूर्वखोला गाउँपालिका शिक्षा शाखा पाल्पाले गाउँपालिकामा आधारभूत तह स्तरीय हिज्जे प्रतियोगिता अकला आधारभूत विद्यालय पुर्वखोला -१ मा सम्पन्न गरेको छ।

गाउँपालिका भरिका १० विद्यालयहरुको सहभागितामा भएको प्रतियोगितामा उद्दबुद्द मा.वि रिङ्नेरह पहिलो , सरस्वती मा .वि. जल्पा दोस्रो र मातृभूमि मा.वि.देबिनगर तेस्रो भएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले यस्ता कार्यक्रमले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुने भन्दै शैक्षिक गुणस्तर समेत वृद्धि हुने बताउनु भयो।कार्यक्रममा उद्द बुद्द मा. वि .का प्र.अ.लोकहरी देवकोटा ,जनमार्ग मा .वि .का प्र.अ.श्याम बहादुर दिशा ,सरस्वती मा.वि का प्र .अ .रमेश न्यौपाने लगायतले कार्यक्रमको शुभकामना दिनुभएको थियो।

कार्यक्रममा पहिलो,दोस्रो र तेस्रो हुने प्रतियोगीहरु र सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण समेत गरएिको थियो।अकला आधारभूत विद्यालयका प्र.अ. मुक्ती पंगेनिको स्वागत कृष्ण पंगेनिको सन्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ पंगेनिको अध्यक्षतामा कार्यक्रम चलेको हो।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update