Erani Mahal
पाल्पामा दुइ दिने पत्रकार परिचयपत्र वितरण शिविर सम्पन्न
70400549_2510456042574407_8992327183154282496_o

पाल्पा – नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागकाे आयाेजनमा बुधबार र बिहीबार तानसेनमा भएकाे पत्रकार परिचय पत्र वितरण शिविर सम्पन्न भएकाे छ ।

बुधबार र विहिबार गरी दुई दिनसम्म चलेकाे शिविरमा ८० जनाले प्रेस पास नविकरण, नयाँ प्रेस पास लिएका छन् । शिविरमा ३ वटा अनलाइन नविकरण र एउटा नयाँ अनलाइन दर्ता भएकाे छ ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले पत्रकार महासंङ पाल्पाकाे समन्वयमा शिविर संचालन भएकाे हाे । शिविरमा पत्रकार परिचय वितरण र नविकरण, अनलाइनकाे नविकरणा र दर्ता, पत्रपत्रिकाकाे दर्ता र नविकरण, स्थायी दर्ता लगायतको कामका भएकाे विभागका निर्देशक ध्रुबकुमार पाेखरेलले जानकारी दिनुभयाे ।

पाल्पामा संचालित इरानीमहल, सित्तलपाटी र पाल्पा समाचार अनलाइनले अनलाइन नविकरण गरेकाे छन् भने बाेलीदैनिकले नयाँ अनलाइन दर्ता गरेकाे छ ।

पत्रकार महासंघ पाल्पाको भवनमा भएको शिविरमा पाल्पा जिल्लासहित छिमेकी जिल्ला रुपन्देही, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुले समेत सेवा लिएकाे नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयाे ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update