Erani Mahal
पाल्पामा एक सातामै डेंगुका बिरामी तेब्बरले बृद्धि !
hhh

पाल्पा - पाल्पा जिल्लामा एक साताअघिसम्म ४ जना बिरामीमा मात्र डेंगुकाे लक्षण देखिएकाे थियाे तर याे साता याे संख्या बढेर १३ पुगेकाे छ । गत साता ४ जना बिरामी थिए याे साता बढेर १३ जना डेंगुका बिरामी भेटिएकाे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।

पाल्पाका १३ जना बिरामीमा डेंगु रोगको संक्रमण देखिएकाे स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयाे । हरेक दिन एक जना डेंगुका बिरामी थपिएकाे अवस्था रहेकाे छ उहाँले भन्नुभयाे भदाैँकाे अन्तिम साता भइरल ज्वराेका बिरामीमा डेंगुकाे संक्रमण देखिएकाे छ ।

गत महिनामा दुई जनामा मात्र डेंगु रोग देखिएको भएपनि भदौ महिना यसको संख्या बढेर १३ पुगेको उहाँकाे भनाइ छ । डेंगु राेगबाट संक्रमित १३ जनामध्ये दुई जनाकाे अहिले पनि लुम्विनी मेडिकल कलेज पाल्पामै उपचार भइरहेकाे छ । बाँकी ११ जना बिरामी उपचार पछि घर फर्किएका छन् ।

डेंगु राेगकाे संक्रमण भएकामध्ये ११ जना पाल्पा जिल्लाकै र अन्य २ जना गुल्मी जिल्लाका रहेकाे लुम्विनी मेडिकल कलेज प्रभासले जनाएकाे छ । डेंगु राेगकाे संक्रमण बढेपछि पाल्पाका केही स्थानीय तहहरूले सचेतना कार्यक्रम संचालन गरेपनि राेग नियन्त्रणमा उक्त सचेतना प्रभावकारी हुन सकेकाे छैन ।

तराइकाे जिल्लासँग सिधा सम्पर्क बढेकाे, जलवायु परिवर्तन आदि कारणले पाल्पामा अन्य पहाडी जिल्लाकाे तुलनामा डेंगु संक्रमित राेगी भेटिएका छन् । यस्तै पाल्पाकाे सरकारी अस्पताल, नीजि अस्पताल तथा साना क्लिनिकहरूमा समेत डेंगुकाे आशंकामा बिरामी जाँचका लागि आउने गरेका छन् ।

पछिल्लाे दुई सातायता अत्याधिक ज्वराे आउने, खाेकी लाग्ने, टाउकाे दुख्ने, जीउ दुख्ने बिरामीकाे संख्या समेत बढेकाे छ । अधिकांश अस्पताल तथा स्वास्थ्य संस्थामा दिनहुँ भाइरल ज्वराेका बिरामी बढेका चिकित्सकहरूले बताएका छन् ।

पाल्पाकाे कतिपय स्थानका विद्यालयका अधिकांश विद्यार्थीमा भाइरल ज्वराेकाे संक्रमण देखिएकाे भन्दै विद्यालय नै बन्द गर्नुपरेकाे छ । अहिले अधिकांश अस्पतालमा भाइरल ज्यवराेका बिरामीकाे घुँइचाे लागेकाे छ । भाइरल ज्वराेबाट प्रभावित बिरामीलाइ नै डेंगुकाे संक्रमण देखिएकाे छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update