Erani Mahal
पाल्पामा  सूचना विभागकाे पत्रकार परिचय पत्र वितरण शिविर
70951426_473245359928921_2015068938680926208_n

३३ जनाकाे पास वितरण, दुइ अनलाइन नविकरण

पाल्पा - नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागकाे अायाेजनमा बुधबारदेखि तानसेनमा पत्रकार परिचय पत्र वितरण शिविर सञ्चालनमा अाएकाे छ ।

बुधबार र विहिबार गरी दुई दिनसम्म चल्ने शिविरमा बुधबार पहिलाे दिन ३३ प्रेस पास जारी भएको सूचना विभागले जनाएको छ ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागले पत्रकार महासंङ पाल्पाकाे समन्वयमा शिविर संचालन गरेकाे हाे । शिविरमा पत्रकार परिचय वितरण र नविकरण, अनलाइनकाे नविकरणा र दर्ता, पत्रपत्रिकाकाे दर्ता र नविकरण, स्थायी दर्ता लगायतको कामका लागि शिविर सञ्चालन गरेको हो ।

शिविरमा पहिलाे दिन १३ जना नयाँ प्रेस पास वितरण, १९ पत्रकार परिचय पत्र नविकरण भएका छन्र । यस्तै बुधबार नै २ वटा अनलाइनले समेत नविकरण गरेका छन् । पाल्पामा संचालित इरानीमहल र सित्तलपाटी अनलाइनले अनलाइन नविकरण गरेकाे हुन् ।

पत्रकार महासंघ पाल्पाको भवनमा भएको शिविरमा पाल्पा जिल्लासहित छिमेकी जिल्ला रुपन्देही, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुले समेत सेवा लिने आयोजकले जनाएको छ । शिविर बिहीबार ९ बजेदेखि १ बजेसम्म चल्ने पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले बताउनुभयाे ।

परिचय पत्रका लागि सम्वन्धित सस्थाकाे सिफारिस, नियुक्ति, पेराेल, बैंक स्टेटमेन्ट, शैक्षिक याेग्यता, नागरिकता, अनुभव लगायतका कागजात सहित निवेदन दिनु पर्छ । सरकारले यस वर्षदेखि अनिवार्य बैंक प्रणालीबाट तलब भत्ता वितरण गर्नुपर्ने व्यवस्था गरेकाे छ । पाँच जनासम्मकाे दरबन्दी हुनेले तत्काल साे प्रणालीमा जाने प्रतिबद्ता जनाएमा पास पाउने व्यवस्था रहेकाे सूचना विभागले जनाएकाे छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update