Erani Mahal
दिव्य ज्याेति माविले गर्‍याे सार्वजनिक सुनुवाई
66628793_639886706506977_2436864057479790592_n

पाल्पा - दिव्य ज्याेति माध्यमिक विध्यालयलाइ नमुना विद्यालयकाे रूपमा स्थापित गर्ने उद्धेश्यसहित सार्वजनिक सुनुवाइ तथा सामाजिक परिक्षण कार्यक्रम गरिएकाे छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले गत वर्षमा विद्यालयले गरेका पूर्वाधार निर्माण, शिक्षा क्षेत्रमा भएका सुधार, भावी दिनमा गर्नुपर्ने कार्यक्रमका बारेमा जानकारी दिनुभएकाे थियाे ।

अध्यक्ष रानाले गत वर्ष भाैतिक पूर्वाधार निर्माण तर्फ भुकम्प प्रतिराेधी ४ काेठे भवन निर्माण भएकाे, व्यविस्थत प्राङ्गण निर्माण, सिसी क्यामेरा जडान, छात्रा शाैचालय निर्माण, बाल उद्यान निर्माणा, नर्सरी देखि कक्षा ३ सम्म भुईबसाइका लागि पूर्वााधर निर्माण गरेकाे जानकारी दिनुभयाे । उहाँले शैक्षिक गुणस्तर अभिबृद्धि गर्न कमजाेर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएकाे, आधुनिक कम्प्युटर र विज्ञान प्रयाेगशाला निर्माण गरेकाे जानकारी दिनुभयाे ।

उहाँले दिव्य ज्याेतिलाइ नेपाल सरकारले याे वर्ष नमूना विद्यालयकाे रूपमा छनाैट गरेकाे जानकारी दिदैँ छिट्टै नमूना विद्यालय कार्यक्रम संचालन हुने बताउनुभयाे । यस्तै विद्यालयकाे आन्तरिक लेखा प्रणाली सुधार गर्न सामाजिक परीक्षण, आयव्याय प्रस्तुत, आन्तरिक लेखा समिति र खरिद समितिमार्फत काम अगाडि बढाइएकाे पनि उहाँ बताउनुभयाे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले गत वर्ष विद्यालयले गरेकाे आम्दानी र खर्चकाे विवरण सार्वजनिक गर्नुभएकाे थियाे । उहाँले आर्थिक वर्ष २०७५/०७६ मा १ कराेड ९३ लाख ९६ हजार र ७ सय ८ रुपैयाँ बराबरको आम्दानी/खर्चकाे विवरण प्रस्तुत गर्नुभयाे । उहाँले विद्यालयमा हालकाे अवस्था, सुधार गर्नुपर्ने पक्ष, सिकाइ उपलब्धी, लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं संस्थापक भीमप्रसाद भट्टराइले दिव्यज्याेति माविलाइ सबै मिलेर नमूना विद्यालय बनाउनुपर्नेमा जाेड दिनुभयाे । सार्वजनिक सुनुवाइमा सराेकारवालाकाे तर्फबाट पत्रकार माया बस्याल, विव्यसका पूर्व अध्यक्ष पदमबहादुर घर्तीमगर, विक्रम सुनार, विष्णु काफ्ले, तुल्सा न्याैपाने, रामबहादुर श्रेष्ठ लगायतले प्रश्न, सुझाव र जिज्ञासा राख्नुभएकाे थियाे ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सराेकारवालाहरूले उठाएका प्रश्नमा विव्यसका अध्यक्ष रानाले प्रस्ट्याउनुभएकाे थियाे । कार्यक्रममा नेकपा माथागढी-३, का अध्यक्ष मानबहादुर जिसी, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष टेकबहादुर चिदी, सराइ युवा क्वबका अध्यक्ष खाेमबहादुर गाहा, पूर्व विद्यार्थी शुमना शर्मा लगायतले आ-आफ्नाे धारणा राख्नुभएकाे थियाे ।

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष टिकाराम रानाकाे अध्यक्षता र विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीकाे संचालनमा सम्पन्न भएकाे थियाे । विद्यालयमा हाल एक हजार बढी विद्यार्थीहरूले अध्ययन् गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update