Erani Mahal
पूर्वखाेलाकाे जल्पामा सार्वजनिक सुनुवाइ सम्पन्न
70010419_435699413956993_4753359959977099264_n

पाल्पा - पूर्वखोला गाउँपालिका वडा न २ जल्पाले आर्थिक बर्ष २०७५/०७६ को गरेका गतिबिधिको सार्वजनिक सुनुवाइ गरेको छ । वडा न -२ वडा अध्यक्ष निर बहादुर सारुको अध्यक्षतामा चलेको थियो ।

वडा को गत आर्थिक बर्ष २०७५/०७६मा गतिबिधिको विबरण पेष गर्दै वडा अध्यक्ष निर बहादुर सारुले करिब करिब सबै टोलमा बाटो खोलेको साथै पर्यटन कृषि क्षेत्रमा काम गरेर सफल भएको बताउनुभयो ।

अध्यक्ष थापाले २०७५/ ०६७ मा ९६% भैतिक कार्य सफल रहेको बताउदै गत बर्ष १ करोड ४६ लाख को काम भयको वताउनुभयो । यस आर्थिक वर्षमा कृषि तथा पर्यटनलाइ प्राथमिकमा राखेर योजना छुट्याको बताउनुभयो ।

उहाँले जल्पामा रहेको साकिने गुफा मादले चिडिया गुफा खाण्ड देवी गुफा ढोलिमारा देखी - मैदान सम्मको अ्लिसो खेती क्षेत्रमा यस वर्षमा पर्यटक धेरै भन्दा धेरै भित्र्याउने लक्ष्क्ष राकेको बताउनुभयो । गत वर्ष क्युवी खेती परिक्षण सफल रकेकाले यस वर्ष ब्यबसायका रुपमाले बताउनु भयो राक्से र छप्दिलाइ सुन्तलाको पकेट क्षेत्रको रुपमा बिकास गरेको र यस वर्ष पनि निरन्त्रता दिने बताउनुभयो ।

जल्पाको साकिनेमा तरकारी तथा ३० बटा टनेलमा रहेको टमाटर खेती लिफ्ट मर्फत तानेर पानी पोखरी कुखुरा पाल्न सफल रहेको बताउदै यस बर्ष पनि युवा तथा बेरोजगारी लाइ प्रोत्सान हुने खालका कार्यक्रम रहेको बताउनु भयो ।

उहाँले अहिले सम्म बाटो नपुगेको साठिकोलमा पनि यस वर्ष बाटो पुर्‍याइने जानकारी दिनु भयो ।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्यन समितिका सद्स्य इशोरी प्रसाद न्यौपाने आफू यही क्षेत्रको वडा सद्स्य रहेकाले पनि आफूले गर्न सक्ने सहयोग गर्ने र आफू वडाको विकासमा सर्दै तत्पर रहने बताउनुभयो । कार्यक्रम वडा सद्स्य बामडी सरा सार्कीको स्वागत र संचालन वडा सचिव पूर्ण चितौरेले गर्नु भएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update