Erani Mahal
रामपुरमा जग्गाधनी पुर्जा प्रक्रियाका लागि निवेदन दिनेको घुँइचो
69402559_2102950763341403_7529123956750548992_n

पाल्पा - साविकको रामपुर गाविस हालको रामपुर नगरपालिका वडा न.५, ६ र ७ को पुर्जा बिहिन जग्गाको पुर्जा वितरणका लागि आह्वान गरेको सुचनाको समय सकिनै लाग्दा सिफारिस लिने र निवेदन दिनेको घुइचो नै लागेको छ ।

तत्कालिन समयमा रामपुर गाउँ पन्चायत , रामपुर गाविस र गाविस भित्रका प्रहरी कार्यालय, विद्यालय र क्याम्पसले रसिदका आधारमा बिक्री वितरण गरेका जग्गालाई पुर्जा दिने उद्देश्यले रामपुर नगरपालिका जग्गादर्ता समितिले ३५ दिने सुचना गरेको थियो ।

भदौ २८ गते सुचनाको म्याद सकिने समयको पुर्वसन्ध्यामा वडाबाट सिफारिस लिएर समितिको कार्यालयमा निवेदन दिनेहरुको भिड बढेको हो । जग्गादर्ता समितिले गएको साउन २६ गते सुचना प्रकाशन गरे संगै निवेदन आएकोमा पछिल्लो केही दिन यता कार्यालयमा झन् भिडभाड बढेको छ ।

वि.स. २०५७ सालमा रामपुर गाविसले त्यस्ता जग्गाको अद्यावधिक गरेको थियो। त्यो समयमा तत्कालीन रामपुर गाबिस भित्र ८ सय बढी जग्गा त्यसरी बिक्री भएको पाइएको थियो । पछि रामपुरका सबै वडाको समेत निवेदन सुकुम्बासी समस्या आयोगले माग गर्दा ८ सय ५६ निवेदन परेको थियो । यो चरणमा भने रामपुर गाविस अन्तर्गतको रसिद भएका जग्गाको निवेदन मात्र समितिले माग गरेको नगरपालिकाले जनाएको छ ।

झण्डै ७ सयको हाराहारीमा जग्गादर्ताका लागी सिफारिस लिई समितिमा निवेदन दर्ता गरेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले जानकारी दिनुभयो। जग्गाको रसिद प्रमाण सहित वडा कार्यालयको सिफारिस लिई नगरपालिकामा सिफारिस लिने र जग्गादर्ता समितिको कार्यालयमा निवेदन दिने सेवाग्राहीको उत्तिकै भीड छ ।

नगरपालिकाले यही सेवालाई मध्यनजर गर्दै भदौ पहिलो हप्तादेखि विहान ९ देखि साझ ६ बजेसम्म कार्यालय समय थप गरि सेवा दिएको छ । झण्डै ४५ बर्ष अघि देखि जग्गा किनेर भोगचलन गर्दै आएपनि आफ्नो जग्गाको पुर्जा नपाएका नागरिकलाई सहज,सरल, छिटो छरितो सेवा दिन र पुर्जा बितरणको महत्वपूर्ण कामलाई व्यवस्थित गर्न कार्यालय समय थप गरेर आम नागरिकलाई सहज बनाएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

पुर्जा बिहिन रामपुरका जग्गा धनीलाई "आफ्नै सम्पत्तिको आफ्नै नामको पुर्जा" छिटो दिने अठोटका साथ नगर र नगर मातहतका तोकेका वडाले काम गरेको उहाले जानकारी दिनुभयो । वि.स.२०२९ सालमा पहिलो पटक स्कुलले घडेरी बिक्री गरेसंगै त्यसयता २०५५ सालसम्म रसिदको भरमा ती जग्गा बिक्री भएका थिए।

जग्गादर्ता समितिले तोकेको म्याद अन्तिम चरणमा भएकाले अहिले वडा कार्यालय तथा नगरपालिकाको कार्यालयमा सेवा लिने सेवाग्राहीको भीड बाक्लो छ । समितिले यसका लागि रामपुर नगरपालिका अन्तर्गत जग्गा दर्ता सम्बन्धी आन्तरिक कार्यविधि २०७६ समेत बनाएर काम थालेको हो ।

अब निवेदन माथी छानबिन गरि पुनः लगत राखी सर्जमीन लगायतको सबै प्रक्रिया अपनाउने र प्रक्रिया पूरा भएकालाई सोही अनुसार पुर्जा बितरण गर्ने योजना रामपुर नगरपालिका र जग्गा दर्ता समितिको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update