Erani Mahal
पूर्वखाेलाकाे हेक्लाङ् 'शुन्य हाेम डेलिभरी' गाउँ घाेषणा
69964337_532920100776251_6724512780747014144_n

पाल्पा - पूर्वखोला गाउँपालिकाले गाउँपालिकालाइ शुन्य होम डेलिभरी गाउँ घोषणा कार्यक्रमलाइ निरन्तर अगाडि बढाएकाे छ । हेक्लाङ्लाइ औपचारिक रुपमा शुन्य हाेम डेलिभरी गाउँ घाेषणा गर्दै पूर्वखाेला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले अन्य बाँकी तीन वटा वडाहरूलाइ पनि शुन्य होम डेलिभरी घोषणाकाे तयारीमा लागेकाे समेत जानकारी दिनुभयाे । हेक्लाङ् सहित रिङ्नेरह र वीरकाेट पनि यस अघि नै शुन्य हाेम डेलिभरिकाे रूपमा घाेषणा भइसकेका छन् ।

उहाँले बाँकी रहेका ३ वटा वडाहरु पनि यसैवर्ष शुन्य होम डेलिभरि घोषणा गरिने बताउनुभयो । अध्यक्ष थापाले स्वास्थ्य नै सबैभन्दा ठूलो गहना भएकाले पनि आमा र नवजात शिशु दुबैको स्वास्थ्य स्वास्थ्य संथाहरुमा गराउदा सुरक्षित हुने हुँदा अस्पतालमा नै सुत्केरी हुन आग्रह गर्नुभयो ।

शुन्य होम डेलिभरी घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका नर्स कल्पना पौडेल, वागबानी नर्सरी प्रमुख बोम बहादुर थापा, प्रदेश न ५ कृषि विकास परिषद्का कृषि विज्ञ कमानसिङ थापा, गाउँपालिकाका सुचना अधिकारी मोहन ढकाल, गाउँपालिका स्वास्थ्य संयोजक श्रीराज आचार्यले शुन्य होम डेरिभरी घोषणा गर्न सफल पार्नु हुने स्वास्थ्य संस्था तथा आम महिला दिदीबहिनीहरुलाइ धन्यवाद दिनुभयाे ।

यस वडा बाट यो वर्षमा जम्मा ४९ जाना सुत्केरी भएकोमा ३८ जानाले हेक्लाङ स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । भने ११ जना अन्य स्वास्थ्य संस्थामा सुत्केरी भएको थिए । शुन्य होम डेलिभरी कार्यक्रम हेक्लाङ स्वास्थ्य चौकी प्रमुख अमृत विक्रम श्रेष्ठकाे स्वागत, स्वास्थ्य चौकी अहेव इम बहादुर फालको संचालन, हेक्लाङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न ६ वडा अध्यक्ष मन बहादुर सारुको अध्यक्षतामा चलेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update