Erani Mahal
वीरकाेटमा डेंगु राेग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम
70237970_2427742177320080_7524381750215049216_n

पाल्पा - पूर्वखोला गाउँपालिका -५ बिरकोटमा रहेकाे गणपती माध्यमिक बिद्यालयमा सचेतना कार्यक्रम गरिएकाे छ । साे बिद्यार्थी तथा शिक्षक हर डेंगुरोग को बारेमा जानकारी दिइ राेग लाग्नेसक्ने सम्भावना र डेंगुरोगको नियन्त्रण गर्ने विषयमा सचेतना दिइएकाे हाे ।

कार्यक्रममा वीरकाेट स्वास्थ्य चौकीका प्रमुख नाेर्बफुर्वा दोर्जेले सहजीकरण गर्नुभएकाे थियाे । पछिल्लाे समयमा पाल्पाका विभिन्न स्थानमा डेंगु राेगबाट प्रभावित भएका बिरामी बढेकाे भन्दै पूर्वखाेला गाउँपालिकाले नै विभिन्न स्थानमा स्वास्थ्य जाँचकाे शिविर संचालन गरिरहेकाे छ ।

गणपति माविका प्रधानाध्यापक बिस्णु कुमार पल्लीले डेंगु राेगका बारेमा विद्यार्थीलाइ जानकारी दिन कार्यक्रम गरिएकाे बताउनुभयाे ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update