Erani Mahal
पाल्पाको रामपुरमा स्कुटर र मोटरसाइकल ठोक्किदा २ जना घाइते
53256824_249998345906584_209448229127847936_n-1024x768

पाल्पा – पाल्पाको रामपुरमा स्कुटर र मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते भएका छन् । रामपुरको बेझाडदेखि रामपुरकै किसानबारी तर्फ जाँदै गरेको लु १७ प २१८७ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आएको लु ५० प ६१७१ नम्बरको स्कुटर आपसमा ठोक्किदा २ जना घाइते भएका हुन् । दुबै सवारीका चालक घाइते भएका छन् ।


घाइते हुनेमा रामपुर ९, जब्गादीका २१ वर्षिय तीर्थराज पंगेनी र अर्का घाइते रामपुर ४, सदावर्तका ४४ वर्षिय रिमनारायण मानन्धर रहनुभएको छ । पंगेनीको रामपुर अस्पतामा सामान्य उपचार पछि लुम्विनी मेडिकल कलेज प्रभास तानसेनमा रिफर गरिएको छ भने मानन्धरको रामपुर अस्पतालमै उपचार भईरहेको छ ।

प्रतिनिधि तस्विर : गुगल ।

दुबै सवारीसाधन मोटरसाइकल र स्कुटर प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपालसिंह रानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update