Erani Mahal
रिडी प्रहरीद्वारा घरेलु मदिरा बरामद गरी नष्ट
img_20190908_1813301176407053875953792

रिडी (पाल्पा) - रिडी ईलाका प्रहरी कार्यालय रिडी गुल्मी को टोलीले आइतबार ठूलो मात्रामा अबैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक रधेश्याम सिंह सहित को टोलिले आइतबार रुरु गाउँपालिका वाड न .१ भट्कुवा बाट करिब १५० लिटर अबैध मदिरा नियन्त्रणमा लिएको हो ।

समुदायमा प्रहरी साझेदारी कार्यक्रम आन्तर्गतको प्रहरी टिम भट्कुवा पुुगी ५० लिटर रेडिमेट (तयार भएको)घरेलु मदिरा, १ सय लिटर रक्सीको लागि तयार हुँदै गरेको कच्चा पदार्थ र केही थान घरेलु रक्सी बनाउने भाडो समेत नियन्त्रण लिएकाे थियाे ।

रक्सी नियन्त्रण पछि इलाका प्रहरि कार्यालय ले स्थानीय आमा समूह, समाजसेवी, बुद्विजिवी, स्थानीय जनप्रतिनिधि, पत्रकार र स्थानीय बासिन्दाकाे रोहवरमा बरामद रक्सी फ्याकिएको छ ।इलाका प्रहरी कार्यलय रिडीले समुदायमा प्रहरी साझेदारी अन्तर्गत आफ्नो नियमित कार्यक्रम अगाडि बढाएको ईलाका प्रहरी कार्यलय रिडिका प्रहरी प्रमुख राधेश्याम सिंह जानकारी दिनुभयाे । प्रहरीकाे अभियानमा सहयाेग गर्न उहाँले अनुराेध समेत गर्नुभएकाे छ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update