Erani Mahal
निस्दीमा शिक्षा दिवसको अबसरमा विद्यालय स्तरीय प्रतियोगितात्मक कार्यक्रम
70148958_2608742482520032_4170187578244333568_n

पाल्पा - निस्दी गाउँपालिका पाल्पामा ४० औं राष्ट्रिय शिक्षा दिवस र ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालय स्तरीय प्रतियोतात्मक कार्यक्रम आज मित्याल,पाल्पामा सम्पन्न भएको छ।निस्दी गाउँपालिका शिक्षा शाखाको आयोजनामा सन्चालन भएको कार्यक्रममा निस्दी गाउँपालिका,पाल्पाका अध्यक्ष मुक्त बहादुर सारु प्रमुख अतिथि रहनुभएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सारुले निस्दी गाउँपालिकाले यस वर्ष शिक्षा वर्षको रुपमा लिएको भन्दै शैक्षिक गुणस्तर वृद्धि गर्न र गाउँपालिकाले ल्याएका शैक्षिक कार्यक्रमलाई सघाउन आग्रह गर्नुभएको थियो।जम्मा ६ समूह रहेको प्रावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा बालहित मावि सहलकोट प्रथम,सरस्वती मावि गल्धा द्वितीय र सिन्दुर आधारभूत विद्यालय अर्चले तृतीय भएका थिए।

त्यसैगरी २१ वटा विद्यालयको सहभागिता रहेको निमावि स्तरीय मेमोरी टेस्ट प्रतियोगितामा मित्याल आवि मित्यालका टुनीसरा सारु प्रथम,लक्ष्मी मावि झिरुबासका पविसरा खण्डलुक द्वितीय र जनता मावि गल्धाका गोविन्द थापाले तृतीय स्थान हासिल गरेका थिए।यसैगरी १२ विद्यालयका मावि स्तरीय वादविवाद प्रतियोगितामा बालहित मावि सहलकोटका निश्चल राना प्रथम,जनता मावि गल्धाका चाँदनी मल्ल द्वितीय र गौरीशंकर मावि मित्यालका अमृत सारु तृतीय भएका थिए।

यसैबीच शैक्षिकसत्र २०७५ सालको एसईई परीक्षा सर्वोकृष्ट ४ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।निस्दी गाउँपालिका शिक्षा शाखाका संयोजक नर बहादुर थापाको स्वागत बाट शुरुभएको कार्यक्रमको सन्चालन किरणबाबु सुबेदीको सन्चालनमा भएको हो।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update