X

तिनाउँ गाउँपालिका द्वारा मस्याममा एकिकृत घुम्ति सेवा प्रदान

रानीमहल संवाददाता || २२ भाद्र २०७६,आईतवार १९:१८

पाल्पा– निजामती सेवा तथा शिक्षा दिवशको अवसरमा तिनाउँमा एकिकृत घुम्ति सेवा प्रदान गरिएको छ । जनताको घरदैलोमा सेवा पुर्याउने लक्ष्य अनुसार पहिलो चरणमा वडा नं. ६ को मस्याममा एकिकृत सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।


पहिलो दिनको कार्यक्रममा २ सय २ जनाको स्वास्थ्य परीक्षण, १ सय ६९ जना जेष्ठ नागरिक परिचय पत्र वितरण, ५६ जनालाई अपाङ्ग परिचय पत्र वितरण, १ सय १८ जनालाई पशु औषधी वितरण, २ सय ५० किसानलाई तरकारीको विउ वितरण गरिएको अध्यक्ष घर्तीले बताउनुभयो ।


गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रवक्ता राजेश श्रेष्ठ, वडाअध्यक्ष प्रेम पाण्डे, दलबहादुर दर्लामी, टोमबहादुर पुन, प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, पशु, कृषि शाखाका प्रमुखहरुको सहभागितामा कार्यक्रम गरिएको थियो ।


शिक्षाशाखाले वडा नंं ६ का ९ वटा विद्यालयका बीचमा हाजिरी जवाफ प्रतियोगिता समेत गराइएको थियो । जसमा देवी प्रावि प्रथम, लक्ष्मी आधारभूत विद्यालय द्धितीय, मस्याम मावि हटिया तृतिय र सरस्वती प्रावि डुम्रेले सान्त्वना स्थान हाँसिल गरेका थिए । यस्तं गरि विद्यालयलाइ खेलकूदका सामग्री समेत वितरण गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys