Erani Mahal
४० औं राष्ट्रिय शिक्षा तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसमा विविध कार्यक्रम
71027185_467613147163675_6627878262854909952_n

पाल्पा - पूर्वखोला गाउँपालिकाको आयोजनमा ४० औं राष्ट्रिय शिक्षा तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित गाउँपालिका स्तरीय माध्यमिक तह वक्तृत्वकला, आधारभूत निबन्ध लेखन तथा प्राबि तह, हस्ताकला प्रतियोगिता सक्पन्न भएकाे छ ।

"हाम्रो पूर्वखोला शिक्षामा समानता" भन्ने शिर्षकमा भएकाे वक्तृत्वकलामा प्रथम नबिन न्यौपाने उद्धबुद्ध मा वि रिङ्नेरह, द्वीतीय करुणा सिजाली मातृभुमी मावि देवीनगर र तृतीय संझना बिक जनमार्ग माबि सिलुवाले पुरस्कार हात पारेकाे छ ।

त्यस्तै हाम्रो पूर्वखोला गाउँपालिका निबन्ध लेखनमा प्रथम सनिना ठाडा उद्धबुद्ध रिङ्नेरह, द्धितिय सुबिना बिद्यालय खाण देवि बिरकोट, तृतीय निषा सिजाली जनप्रिय माबि हेक्लाङ सान्तवना आयुषा न्यौपाने सरस्वती मावि खैरेनीले पुरस्कार हात पारेकाे छ । यस्तै अन्तर प्राबि स्तरीय हस्तलेखन प्रतियोगितामा प्रथम उद्धबुद्ध माबिकी दिलमाया सारु, द्धितिय दिपेश श्रेस्ठ, मातृभुमी मावि देवीनगर तृतीय, रिस्मा पल्ली मनाकामना प्रावि बिरकोट, सान्तवना कालिका प्राविकी सुस्मा दर्लामी भएकी छन् ।

कार्यक्रममा पुरुष्कृत बिद्यार्थीलाइ प्रमाणपत्र र नगदले सम्मान गरिएकाे थियो । पुरस्कार बितरण गर्दै कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्यन समिति पाल्पाका सद्स्य इशोरी न्यौपानेले यस्ता कार्यक्रमहरुले गाउँपालिकाकाे शिक्षालाइ एकरुपता बनाउन टेवा पुग्ने बताउनुभयो ।

तिनै वटा विधाको निर्णायक मुल्याङकनमा समाजसेवी निलकण्ठ न्यौपाने र रम्भा वहुमुखी क्यापसका शिक्षक संकर बस्याल रहनु भयको थियो । कार्यक्रममा प्राथमिक शिक्षकहरुको तर्फबाट लालु दमै , आधारभुत बिद्यालय को तर्फबाट सिमा श्रेस्ठ र माध्यमिक बिद्यालयको तर्फबाट चित्र कुवरले ४० औं राष्ट्रिय तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षारता दिवसको अबसरमा शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रममा एसइइमा उत्कृष्ट बिद्यार्थी र आधारभूत तह पालिका स्तरमा उत्कृष्ट जिपिए ल्याउनेलाइ समेत प्रमाणपत्र र नगद पुरुषकारले सम्मान गरेको थिए । कार्यक्रम पूर्वखोला योजना अधिकृत बिनोद नेपालको स्वागत, रिङ्नेरह वडा सचिब पूर्ण चितौरेको संचालन र पूर्वखोला गाउँपालिका प्रशासकीय अधिकृत भेषराज पन्तको अध्यक्षतामा चलेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update