Erani Mahal
जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : थापा
kkkk

पाल्पा - नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले आफु चढेर माथि पुगेको लिस्नो नभुल्न जनप्रतिनिधिलाई सुझाव दिनुभएको छ । नेकपा प्रचार प्रसार तथा प्रकाशन विभागले शनिबार तानसेनमा आयोजना गरेको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्दै उहाँले जनताको मत जितेर गएका जनप्रतिनिधिले जनताको माग र आवश्यकता अनुसार काम गर्नुपर्नेमा उनले जोड दिनुभयो ।

यो आवधिक निर्वाचन र निश्चित समयको पद हो आफ्नो धरातल बिर्सनु हुँदैन् उपप्रमुख थापाले भन्नुभयो अर्को निर्वाचनमा पनि जनताको मत जित्ने गरी काम गर्नुस् । यो तपाइको लागि मौका हो । जनताको हित विपरित काम गर्न खोजे जनताले पाखा लगाइदिने छन् ।

उपप्रमुख थापाले सरकारले गरेका राम्रो कामको प्रचार हुन नसक्दा जनताको नजरमा सरकार आलोचित भएको बताउनुभयो । विपक्षीले नराम्रो कामको मात्र प्रचार गरेका छन् उहाँले भन्नुभयो सत्तापक्षले गरेका राम्रो कामको बारेमा प्रचार गर्न सकेको छैन् ।

जसले गर्दा विपक्षीले जनतालाई भ्रमित पारिरहेको छ । संघीय लोकतान्त्रीक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता राजनितिक मुद्दा नेकपाको सरकारले नै संस्थागत गरेको उहाँले ठोकुवा गर्नुभयो । पत्रकारले पार्टी र नेताको पुजा गर्नु पर्दैन उहाँले भन्नुभयो गलत कामको आलोचना र टिप्पणी गरेर समाचार सम्प्रेषण गर्नुुस् ।

राम्रो काम गर्ने जनप्रतिनिधि अर्को चुनावमा पुनः जितेर आउछन् । नराम्रो काम गर्नेलाई जनताले पाखा लगाइदिन्छन् उहाँले भन्नुभो । नेकपाका केन्द्रीय सदस्यद्वोय सोम प्रसाद पाण्डे र तुलाराम घर्तिमगर र प्रदेश सांसद नारायण प्रसाद आचार्य, वरिष्ठ पत्रकार मेघराज शर्मा लगायतले जनप्रतिनिधि र पत्रकारबीच समन्वय हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रचार प्रसार तथा प्रकाशन विभाग पाल्पाका प्रमुख गुराँस आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाबाट निर्वाचित जनप्रतिनिधि, प्रेस संगठनका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्यालले जिल्लामा रहेका स्थानीय तहमा हुन सक्ने समचारका स्रोत र प्रचार प्रसारमा पत्रकारको भूमिकाबारेमा सहजीकरण गर्नुभएको थियो ।

विभागका सदस्य कमराज तिमिल्सेनाले स्वागत गर्नु भएको कार्यक्रममा उपप्रमुख रेखीराम रानाले सञ्चालन गर्नुभएको थियो । यसअघि थापाले तानसेनस्थित प्रेस संगठन नेपाल पाल्पा शाखाको कार्यालयको समेत अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update