Erani Mahal
पाल्पामा तरकारी बाेकेकाे मिनि ट्रक दुर्घटना हुँदा आगलागी
69871848_1292426430937628_8144405045836775424_n

पाल्पा – बाँसटारीदेखि सराई जाने सडकखण्डको टिण्टीआँप नजिकै तरकारी बोक्ने मिनि ट्रक दुर्घटना भएको छ । बुटवलबाट तरकारी बोकेर सराईतर्फ गएको लु १ ख ९४०९ नम्बरको मिनि ट्रकको ब्रेक फेल भई दुर्घटना भएको हो ।

ब्रेक फेल भई नजिकको बिजुलीको पोलमा ठोक्किदा बिजुलीको तार सर्ट भई सवारीमा आगलागी भएको छ । आगलागीबाट ट्र्कको त्रिपाल र तरकारीमा क्षति पुगेको छ ।

तस्विर : छवी भट्टराइकाे सहयाेगमा ।


घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले तरकारी बोकी आएको मिनि ट्रक दुर्घटना भएको र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।

ट्रकमा पनि क्षति पुगेकाे छ । यस्तै मुख्य लाइनकाे गाडिएकाे बिजुलीकाे पाेल भाँचिएकाे छ ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update