Erani Mahal
समृद्ध बचत तथा सहकारी संस्थाकाे साताैं साधारणसभा सम्पन्न
123112

पाल्पा–तानसेनको असनटोलस्थित समृद्ध बचत तथा सहकारी संस्था लिको सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सहकारीका सदस्यहरुलाई वित्तीय साक्षरता, सुत्केरी महिला आर्थिक सहयोग, विरामीलाई रगतको अभावमा हुँदा सहयोग, महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


सहकारी स्थापना भएको सात वर्षको अवधिमा एक हजार २ सय ३२ शेयर सदस्य बनाउन सफल बनेको छ । आव २०७५।०७६ मा ८ लाख ६ हजार ५ सय ३४ नाफा गर्न सहकारी सफल बनेको सहकारीका अध्यक्ष चन्द्र बहादुर नेपालीले बताउनुभयो ।


सहकारी आव २०७५।०७६ मा चार करोड ९७ लाख ४७ हजार तीन सय ६३ रुपैयाँको कारोबार छ । सहकारीको आठ लाख छ हजार ५ सय ३४ रुपैयाँ बचत देखिएको अध्यक्ष नेपालीले बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले सहकारीका माध्यमबाट गरीबी हटाउन सहयोग पुगेको बताउनुभयो । उहाँले सहकारीले सानो लगानीबाट सञ्चालित सहकारीले गरीब तथा विपन्न समुदायको उत्थानमा भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा नेपाल वार एसोशिएसन पाल्पाका पूर्व सचिव नारायण ज्ञवाली, बाणिज्य बैंक पाल्पाका पूर्व म्यानेजर लगायतले सहकारीका माध्यमबाट गरीबी हटाउने सरकारको अभियानमा सहयोगी बनेको बताउनुभयो ।


सहकारीमा नयाँ समितिः अध्यक्ष योगेन्द्र गैरे
समृद्ध बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष योगेन्द्र गैरे निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गणेश राना, सचिवमा तुल्सी सूर्यवंशी, सहसचिवमा विष्णुमाया हितांग, कोषाध्यक्षमा मीना घर्ती गाहा, र सदस्यमा दिलिप कुमार खाती, चिरन्जीवी खनाल रहनुभएको छ । त्यसैगरी साधारणसभाले विभिन्न समिति पनि गठन गरेको छ । लेखा समितिको संयोजकत्वमा मित्रलाल नेपाली सदस्यमा सरस्वती राज भण्डारी, मीना घर्ती गाहा रहनुभएको छ ।

त्यसैगरी ऋण समितिमा मीना घर्ती गाहको संयोजकत्वमा समिति गठन भएको छ । जसको सदस्यमा भुमा पल्ली र सुर्य कुमारी पल्ली रहेका छन् । साधारणसभाले सहकारीको संरक्षकत्वमा सहकारीका संस्थापक अध्यक्ष चन्द्र बहादुर नेपालीलाई नियुक्ति गरेको छ । सहकारीले संरक्षण तथा प्रवद्र्दन उप समिति, शिक्षा, धितो मुल्यांकन समिति पनि विस्तार गरेको छ ।

शिक्षाको संयोजकमा धन बहादुर रुचाल, धितोमा शिव पराजुली, प्रर्वद्दन समितिमा चिरन्जीवी खनालको संयोजकत्वमा समिति गठन गरिएको सहकारीका व्यवस्थापक सुमन विश्वकर्माले जानकारी दिनुभयो ।

यस बीच सहकारीले चार सदस्य सल्लाहकार समिति गठन गरेको छ । जसको संयोजकमा लक्ष्मण प्रसाद आचार्य, कानुनी सल्लाहकारमा नारायण ज्ञवाली र प्रेस सल्लाहकारमा कमलराज तिमिल्सेना र कृष्ण दर्नाल रहनुभएको व्यवस्थापक विश्वकर्माले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update