Erani Mahal
पाल्पाको ताहुँमा डोजर दुर्घटना, २ जना घाइते
69615530_415942985714953_1178330007143972864_n

पाल्पा । पाल्पाको ताहुँमा डोजर दुर्घटना, २ जना घाइते भएका छन् । रम्भा ५ काउलेपानीमा शनिवार विहान भएको लु १ क १६०७ नम्बरको डोजर दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।


विहान करिब ९ बजेतिर भएको दुर्घटनामा बाँके जिल्ला राप्ती सुनारी ९ बस्ने २१ वर्षका मधुसुदन डाँगी चालक र रुपन्देही तिलोत्ममा ९ बस्ने नारन बुढाथोकी घाइते भएका छन् ।


दुर्घटनाको कारणबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । घाइतेको तानसेन स्थित मिसन अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update