Erani Mahal
केदार घिमिरेको ‘गन्थन, मन्थन, टिपन टापन’ सार्वजनिक
69352617_2480184215428560_4289781307673673728_n

पाल्पा– पाल्पाली समाजसेवी तथा लेखक केदार घिमिरे ‘ससम’ को चौथो कृतिका रुपमा ‘गन्थन, मन्थन, टिपन टापन’ सार्वजनिक गरिएको छ ।


कृतिको जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डे, प्रदेश सभा सदस्य डाक्टर पुरन बज्राचार्य लगायतको उपस्थितिमा विमोचन गरिएको हो ।
लेखक घिमिरेले आफूले विभिन्न खालका गन्थन, मन्थन, टिपन टापन’लाई संग्रह गरेर पुस्तकका रुपमा बजारमा ल्याएको बताउनुभयो । उहाँले आफ्नो कृतिको बारेमा सकारात्मक, नकारात्मक दुवै सुझाव दिन श्रष्टाहरुलाई आग्रह गर्नुभयो । उहाँले सबैको सुझावलाई आगामि दिनमा थप परिस्कृत गर्ने समेत बताउनुभयो ।



कार्यक्रममा प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डेले घिमिरेको सामाजिक र साहित्य क्षेत्रको योगदानको बारेमा चर्चा गर्नुभयो । यस्तै प्रदेश सांसद पुरनमान बज्राचार्य, जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल लगायतले लेखक घिमिरेलाई थप सफलताको शुभकामना दिनुभयो ।


घिमिरेले लामो समय नेपाल सरकारको उच्च पदस्थ कर्मचारीको रुपमा काम गरेर निवृत्त हुनु भएको हो । उहाँले अहिले विभिन्न सामाजिक र साहित्यक क्षेत्रका विभिन्न काममा समेत सक्रिय रहनु भएको छ ।


कार्यक्रममा राजनीतिक दलका नेताहरु, साहित्यकार, पत्रकार, घिमिरेका आफ्न्तजन लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update