Erani Mahal
चुरा र माला बनाउने सीपसँगै खुसी दोभानका महिला
69776805_157949101950383_271911308608143360_n

पाल्पा । सामुदायिक सिकाई केन्द्र, दोभानको आयोजनामा पाल्पा तिनाउ गाउँपालिका वडा नं २ मा चुरा र माला बनाउने तालीम सम्पन्न भएको छ । तालीममा गाउँपालिका २, दोभानका महिलाहरुले सीपमुलक व्यवसायिक तालीम अन्तरगत तीन दिवसीय क्रिस्टलका चुरा र माला बनाउन ज्ञान, सीप सिकेकका छन् ।

महिलाका लागि चाहिने चुरा र माला व्यवसायिक रुपमा पाल्पामा उत्पादन हुँदैन । व्यवसायिक रुपमा माला र चुरा उत्पादन गरी राम्रो आम्दानी हुने भएपछि सो तालीमको आयोजना गरिएको हो ।तालीम पछि व्यवसायिक रुपमा यो पेशा अगाल्न जागरुप बनेको बताएका छन् ।

तालीमको समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले व्यावहारिक तथा सिपमुलक तालीमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउने गाँउपालिका लक्ष्य रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले नीतिगत व्यवस्था गरी महिला तथा दलित समुदायका आर्थिक रुपमा विपन्न वर्गलाई व्यवसायिक बनाउन सीपमुलक तालीम सञ्चालन गर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष घर्तीले मागमा आधारित यस्ता कार्यहरुमा सहभागीहरूको सार्थक र सक्रिय सहभागिता रहने गरेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष दमन्ती थापाले महिलाहरु व्यवसायिक तालीममा सिकेका ज्ञान सीपको प्रयोग गरी आत्मनिर्भर बन्न अनुरोध गर्नुभयो । कार्यक्रम वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तालीमको समापन गर्दै वडाध्यक्ष श्रेष्ठले व्यवसायिक तालीमपछि सिकेका ज्ञान सीपको प्रयोग गरी आयआर्जन गरेमा राम्रो आम्दानी हुने बताउनुभयो । गरीबी र बेरोजगारका समस्या हल गर्न देख्दा साना तिना तालीम पनि सफलदायी हुने श्रेष्ठको दावी छ । तीन दिवसीय तालीमको सहजिकरण तुल्सा गैरेले गर्नुभएको थियो ।

कार्यक्रममा उपाध्यक्ष दमयन्ति थापा, प्रशिक्षक तुल्सी गैरे, गोपाल केसी र तुल्सी घर्ती सिकेका कुरा कार्यान्वयन गर्न सुझाव दिनुभएको थियो । तालीमा सहभागीलाई गाउँपालिका अध्यक्ष घर्ती, उपाध्यक्ष थापा र वडाध्यक्ष राजेश श्रेष्ठले प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update