Erani Mahal
पाल्पामा १८ वर्षकी किशाेरी मृत भेटिएपछि प्रेमी पक्राउ !
borgol-ilustrasi

पाल्पा – तानसेन नगरपालिका–७ रस्साकी किशाेरी १८ वर्षीया सपना विक मृत अवस्थामा फेला परेपछि उनको प्रेमी पक्राउ परेका छन् । गत भदौँ १६ गते तीजको दिन घरबाट हिडेकी सपना तीन दिनपछि सिद्धार्थ राजमार्गको चुच्चेबारीनजिकै जंगलमा भुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

प्रहरीले १६ गते सपनासँगै रहेका प्रेमी रुपन्देही जिल्ला शुद्धोदन गाउँपालिका–६, फर्साटिकटका १९ वर्षिय लोकनारायण खनाललाइ पक्राउ गरेकाे छ । खनाललाई प्रहरीले बुधबार बेलुकी पक्राउ गरेको पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिनुभयाे ।


१६ गते हिडेकी सपना १८ गतेसम्म घर नआएपछि परिवारले खोजी गरेका थिए । खोज्ने घट्ना हत्या नभई आत्महत्या भएको सपनाका परिवारले दावी गरेका छन् । मृतक सपनाकी मामा लिलबहादुर सुनारले आत्महत्या दुरुत्साहन सम्बन्धी किटानी जाहेरी दिनुभएको छ । सुनारले आत्महत्या नभई हत्या भएको समेत दावी गर्नुभएको छ । खनाल विरुद्ध बिहिबार आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरिएको छ । बिहीबार जिल्ला अदालत पाल्पाले अनुसन्धानको लागि ५ दिनको म्याद दिएको छ ।

दुबै प्रेमी-प्रेमिका थिए
खनाल र सपनाबीच विगत केही समयदेखि चिनजान भएको बुझिएको छ । उनीहरू दुबै जना प्रेमी प्रेमिका रहेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । फोनमार्फत चिनजान भएका विक र खनाल यही भदौ १६ गते भेट भएका थिए । तीजको दिन विहान ११ बजे रमाइलो हेर्न भनि घरबाट निस्किएकी विक १८ गतेसम्म घरमा नआएपछि परिवारले खोजी गरेका थिए ।


खोज्नेक्रममा खनालसँग भेटेको भन्ने सूचना पाएपछि परिवारका सदस्यले उनलाई सम्पर्क गरेका थिए । सम्पर्कमा आएका खनालले विकसँग भेटेर सँगै बसेको स्वीकार गर्दै बसेको स्थानसमेत देखाउन पुगे । त्यही समयमा उनीहरु बसेको भनिएको ठाउँ नजिकै विक रुखमा झुण्डिएको अवस्थामा भेटिएको हजुरबुबा एकनारायण चुँदारोले बताउनुभयो ।


तानसेनस्थित प्रभासमा भेट भएका उनीहरु दुवैजना तानसेन–७ मा नै पर्ने चुच्चेबारीको जंगलमा गएर रातभरी त्यही बसेको पाइएको छ प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । घट्नाको प्रकृति र प्रारम्भिक अनुसन्धानमा खनालले विकसँग शारिरिक सम्बन्ध राखेको समेत खुलेको छ । यद्यपि घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । घट्ना आत्महत्या वा हत्या हो भन्नेबारे अहिल्यै नै भन्न नसकिने सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update