Erani Mahal
दोभानका महिलाहरुलाई कृष्टलको माला र चुरा बनाउने तालिम
69705657_489272028540417_3664579140486430720_n

पाल्पा, तिनाउँको दोभानका महिलाहरुलाई कृष्टलका माला र चुरा बनाउने तालिम दिइएको छ । सामुदायिक सिकाई केन्द्र दोभानको आयोजनामा यहाँका महिलाहरुलाई तालिम दिन सुरु गरिएको हो ।


सामुदायिक सिकाई केन्द्रका अध्यक्ष दमयन्ती थापाको अध्यक्षतामा भएको तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले सीप सिकेर मात्र नभइ त्यसलाई व्यवसायिक जीवनमा लगाउन समेत आग्रह गर्नुभयो ।


कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष राजेश श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, शिक्षा अधिकृत लक्ष्मी कुँवर लगायतले सहभागिता रहेको थियो । कार्यक्रमका संचालन सिकाई केन्द्रका सदस्य सरिता काफ्लेले गर्नुभएको थियो । तुल्सी गैरेले सहजिकरण गर्नुभएको तालिम ३ दिनसम्म चल्नेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०७६  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update