Erani Mahal
पाल्पाबाट स्याङ्जा  गएकाे जीप गल्याङमा दुर्घटना, ३ जनाको मृत्यु, २४ जना घाइते (नामावली सहित)
69621683_1475162509300965_8334963313012113408_o

स्याङ्जा : स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा बालक सहित ३ जनाको मृत्यु भएको छ । बुधबार गल्याङ नगरपालिका ३ बुटवल पावर कम्पनी लिमिटेड नजिकै जिप दुर्घटना भएको हो ।

पाल्पाको हुँगीबाट गल्याङ आउँदै गरेको लु १ ज ३८४१ नं. जिप दुर्घटना हुँदा जिपमा सवार वालिङ १३ सन्दिप परियारका १० महिनाको पल्सन परियार, वालिङ १४ की ३३ वर्षीय मन्जु भण्डारी गैह्रे र पाल्पा रम्भा १ की ७० वर्षीय खनिमाया नेपालीको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालयका अनुसार १० महिने बालकको घटनास्थलमै मृत्यु भएको हो भने २ महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै गम्भीर घाईते हुनेहरुमा ७ वर्षका क्रिस विक, वालिङ १४ बाँयखोलाका ५ वर्षीय दिप्सन परियार, पाल्पाको माथागढी गाउँपालिकाका ४० वर्षीय ज्ञानबहादुर विक, रम्भा गाउँपालिका १ का ३१ वर्षीय सिता रेग्मी र गल्याङ ११ का १९ वर्षीय सोलिना परियार गम्भीर घाईते भएका छन् ।

जिपमा सवार २३ जनामध्ये अन्य घाईतेको भने लुम्बिनी मेडिकल कलेज र मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ । दुर्घटना स्थल सिद्धार्थ राजमार्ग नजिकै चापाकोट खण्डको सडकबाट ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

लुम्बिनी मेडिकल कलेज, प्रवस तानेसन उपचार भईरहको नामावली
१. जिल्ला पाल्पा रम्भा गाउँपालिका १ बस्ने वर्ष १६ सुमन विक
२. जिल्ला पाल्पा रम्भा गाउँपालिका १ वर्ष १८ सुदिप दर्जी
३. जिल्ला स्याङजा वर्ष ५७ ट्यान कुमारी अर्चल
४. जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नं ११ वर्ष ४१ किपा ज्ञवाली
५. जिल्ला पाल्पा माछागठी गाउँपालिका वडा नं ५ वर्ष ४० ज्ञन बहादुर वि.क
६. जिल्ला पाल्पा रम्भा गाउँपालिका वडा नं १ वर्ष ३१ सिता रेसमी
७. जिल्ला पाल्पा रम्भा गाउँपालिका वडा नं १ वर्ष १० स्वयम रेसमी
८. जिल्ला पाल्पा रम्भा गाउँपालिका वडा नं १ महिना १० सुगम रेसमी
९. जिल्ला पाल्पा रम्भा गाउँपालिका वडा नं २ वर्ष १० निसान सिजपति
१०. जिल्ला पाल्पा वगनासकाली गाउँपालिका वडा नं ६ रम्भा बस्ने वर्ष २८ अप्सरा परिवार
११. जिल्ला पाल्पा बगनासकाली गाउँपालिका वडा नं ६ वर्ष ९ उज्जल परिवार
१२. जिल्ला पाल्पा बगनासकाली गाउँपालिका वडा नंं ६ वर्ष ७ अकिंता परिवार
१३. जिल्ला पाल्पा रम्भा गाउँपालिका वडा नं १ हुगी बस्ने वर्ष २२ दुर्गा व सिजाली
१४. स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नं ११ बस्ने वर्ष १९ सोलिना परियार
१५. स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नं ६ वर्ष ७ सचिता विक
१६. स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नं ७ वर्ष २३ राजकुमार विक
१७. स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नं ११ वर्ष ३० सिता ज्ञवाली
१८. वर्ष २ बालक केही नखुलेको

मसिन हस्पिटल, पाल्पामा उपचार भईरहको नामावली
१. स्याङजा जिल्ला वालिङ नगरपालिका १४ वर्ष ११ आयुसमा गैह्र
२. स्याङजा जिल्ला वालिङ नगरपालिका १४ वर्ष ५ दिप्सन परियार
३.स्याङजा जिल्ला वालिङ नगरपालिका १४ वर्ष ३३ स्वेता परियार
४.स्याङजा जिल्ला गल्याङ नगरपालिका ११ वर्ष ४९ माया कडेल
५. बतन नखुलेको क्रिस वि.क
६. वतन नखुलेको विश्व बताउने

मृत्यु हुने
१ पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं १ माइत भई गल्याङ नगरपालिका ११ बस्ने वर्ष ३४ मन्जु भण्डारी
२. पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं १ वर्ष ७० सिता नेपाली
३. स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं १४ महिना ९ को पचन परियार रहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update