Erani Mahal
पाल्पामा पनि डेङ्गुका बिरामी बढ्दै
dengu-1

तराईमा सिधा आवतजावत र जलवायु परिवर्तन मुख्य कारण

पाल्पा – पछिल्लो समय पाल्पामा पनि लामखुट्टेको टोकाईबाट गर्ने डेंगुका बिरामी बढ्दै गएका छन् । पाल्पा जिल्लामा गत आवमा ७ र यो चालु आवमा थप २ जनामा डेंगुको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जलवायु परिवर्तनका कारण पछिल्लो समय पाल्पामा गर्मी बढेसँगै र तराईका जिल्लासँग आवतजावत बढेका कारण डेंगुका बिरामी देखिन थालेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो ।

तराइका छिमेकी जिल्लासँग सम्पर्क र सम्बन्ध बढेका कारण पनि पाल्पामा यस्ता बिरामी बढ्दै गएका छन् उहाँले भन्नुभयो गत वर्ष सात र यो आवको साउन महिनामा मात्र दुई जना बिरामी फेला परेको छ । डेंगु एक प्रकारको ज्वरो हो । पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार गर्न आउने ज्वरोका बिरामीमा डेंगुको जीवाणु फेला परेको थियो ।

यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो, गर्मीका कारण पहाडमा डेंगुको सङ्क्रमण भएको लामखुट्टे पहाडमा देखिएको उहाँको भनाई छ । डेंगुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update