Erani Mahal
तिनाउँमा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न
69694145_386349042073119_6638804174324629504_n

पाल्पा, तिनाउँ गाउँपालिकाको ६ वटै वडामा तीजगीत प्रतियोगिाता सम्पन्न भएको छ । गाउँपालिका स्तरीय महिला समन्वय समितिको आयोजना र तिनाउँ गाउँपालिकाको सहयोगमा कार्यक्रम गरिएको हो ।

वडा नं. १ कचलमा महिला समन्वय समितिका अध्यक्ष भगवती बगालेको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष रोम बहादुर लम्तरीको प्रमुख आतिथ्यता रहेको थियो । ७ वटा समूहले भाग लिएको उक्त कार्यक्रमको संचालन सचिव केशु पुनले गर्नुभएको थियो । यस्तै वडा नं. २ को महिला समन्वय समितिका अध्यक्ष हरीकला कुमालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु, वडा अध्यक्ष राजेश श्रेष्ठ लगायतले तीज पर्वमा महिलाहरुको वेदनाको बह सँगै परम्परा संस्कृति जर्गेनामा टेवा पुग्ने बताउनुभयो । ९ समूहको सहभागिता रहेको प्रतियोगितामा कार्यक्रम संचालन अन्जु क्षेत्रीले गर्नुभएको थियो । यस्तै वडा नं. ३ झुम्साको महिला समन्वय समितिका अध्यक्ष दिलमाया रोकाको अध्यक्षतामा तीज गीत कार्यक्रम सम्पन्न भएको छ । सो तीज गीत कार्यक्रममा प्रदेश सभा सदस्य तुलाराम घर्तीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, वडा अध्यक्ष प्रेम पाण्डे लगायतले शुभकामना मन्तव्य दिनुभयो ।


वडा नं. ४ सत्यवती महिला समन्वय समितिका अध्यक्ष चित्रा आलेको अध्यक्षतामा भएको कार्यक्रममा ७ समूहले भाग लिएका थिए । उक्त तीज गीत कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगर प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । यस्तै वडा अध्यक्ष दानबहादुर गाहा, वडा सदस्य, कार्यपालिकाका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

वडा नं. ५ कोल्डाँडामा रहेको महिला समन्वय समितिको आयोजनामा भएको तीज गीत प्रतियोगिताको अध्यक्षता गनीसरा बरालले गर्नुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाको प्रमुख आतिथ्यता रहेको प्रतियोगितामा ८ समूहको सहभागिता रहेको थियो ।


यस्तै गरी वडा नं. ६ को मस्याममा भएको तीज गीत प्रतियोगितामा मस्याम महिला समन्वय समितिका अध्यक्ष सारदा श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष रोमबहादुर पुन र दलबहादुर दर्लामी, कार्यपालिकाका सदस्य मिन लम्तरीको समेत सहभगिता रहेको कार्यक्रममा वडाका ९ समूहको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update