Erani Mahal
पाल्पा सहित तीन जिल्लामा ६ घण्टा विद्युत अबराेध हुने
69434552_422665738607293_3550162577520590848_n-copy

पाल्पा - लगातार विद्युत अबराेधकाे समस्या झेलिरहेका पाल्पाका उपभाेक्ताले मंगलबार पनि ६ घण्टा विद्युत अबराेध झेल्नुपर्ने भएकाे छ । बुटवलकाे चाैराहामा ३३ केभीकाे प्रशारण लाइन बनाउन भन्दै बुटवल वितरण केन्द्रले मंगलबार बिहान ६ बजेदेखि मध्यान्न १२ बजेसम्म विद्युतकाे लाइन काट्ने जनाएकाे छ ।

पाल्पामा पानी र हावा पर्ने बित्तिकै घण्टाैँ बिद्युत अबराेधकाे समस्या झेलेका यहाँका उपभाेक्ता भने फेरी निरास भएका छन् । यस्तै पाल्पा वितरण केन्द्रले पनि हरेक हप्ताजसाे रूखका हाँगा काट्ने भन्दै विद्युत लाइन काट्दै अाएकाे छ । यसले पनि पाल्पामा उपभाेक्ता हैरान भएका छन् ।

मंगलबार पाल्पा लगायत गुल्मी, र अर्घाखाँची जिल्लामा समेत विद्युत लाइट काटिने बताइएकाे छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update