Erani Mahal
रामपुरमा तत्कालिन गाविस र विद्यालयले बाँडेकाे जग्गाकाे लालपूर्जा दिन प्रक्रिया अगाडि बढ्याे
ram1

पाल्पा – बास भएर पनि लालपुर्जा नपाएका रामपुर नगरका घरधनीलाई लालपुर्जा दिन काम थालिएको छ । लामो समयदेखि जिल्लाको रामपुर नगरभित्र बस्दै आएका तर जग्गाको लालपुर्जा नपाएकालाई सरकारले लालपुर्जा दिनका लागि प्रक्रिया अगाडि बढाएको हो ।

जग्गा दर्ता समिति मार्पmत सर्बसाधरणलाई सूचना जारी गरेर निवेदन दर्ताको काम सुरु भएको रामपुर नगरपालिकाले जनाएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चार महिना अघि जग्गा दर्ता समिति गठन गरी जग्गासम्बन्धी काम अगाडि बढाइएको थियो । प्रजिअ यादवको संयोजकत्वमा रामपुर नगरपालिकाका नगर प्रमुख, वन कार्यालयका प्रमुख, नापी प्रमुख र मालपोत प्रमुख रहेको गठित समिति छ ।

समितिले वास्तविक जग्गा खरिद गरी हालसम्म बसोवास वा भोगचलन गर्दै आएका जग्गाहरू दर्ताका लागि निवेदन दिन सुचना गरेको छ । गत साउन २६ गते ३५ दिने सुचना निकालेका छौं, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भन्नुभयो आवश्यक कागजात सहित त्यस्ता निवेदकले वडाको सिफारिस लिएर मालपोत कार्यालयमा निवदेन दिन सक्नेछन् ।

निवेदन दर्ता र अन्य कामका लागि नगरपालिकाले सहजीकरण गर्दै काम अघि बढाएको छ । तत्कालिन रामपुर गाउँ पञ्चायत, साविक रामपुर गाविस, विद्यालय, क्याम्पस र प्रहरी कार्यालयले साविक रामपुर गाविस भित्र बिक्री गरेको जग्गा धनीलाई लालपुर्जा दिन भन्दै सरकारले समिति गठन गरेको थियो ।

समितिले यसका लागि रामपुर नगरपालिका अन्तर्गत जग्गा दर्ता सम्बन्धी आन्तरिक कार्यविधि २०७६ समेत बनाएर काम थालेको हो । सोही कार्यविधिका आधारमा समितिले सम्बन्धित सर्बसाधारणलाई सार्वजनिक सुचना गरेको हो । तत्कालिन रामपुर गाविस वडा नम्बर ४, ५, ६, ७ र ८ हालको रामपुर नगरपालिका वडा नम्बर ५, ६ र ७ का यस्ता जग्गाको लागि अहिले निवेदन माग गरिएको छ ।

रामपुर नगरपालिका भित्रको बढ्दो शहरीकरण व्यवस्थित गर्न पनि नगरपालिकाले पुर्जा वितरण गर्नुपने कामलाई प्राथमिकता दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताउनुभयो । तत्कालिन रामपुर गाविसले पुर्जाबिहीन जग्गाको लगत सङ्लन अद्यावधिक गर्दा आठ सय बढी त्यस्तो जग्गा रहेको थियो ।

यसअघिको सुकुम्बासी समस्या आयोगले माग गर्दा १० वटै वडाको ८ सय ५६ निवेदन परेको थियो । यहाँ ४५ वर्षदेखि रसिदको भरमा जग्गा भोगचलन गर्दै आएका छन् । यो समस्या भने जिल्लाका माथागढीको सराई, तानसेनको दमकडा क्षेत्रमा पनि छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update