Erani Mahal
गुल्मीमा सार्वजनिक यातायातकाे भाडादर यसरी कायम गरियाे
Sarbajanik-yatayat

गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा सवारी धनीले यात्रुहरूलाई ठगेको गुनासो आएपछि सडकमा यात्रा गर्दा यात्रुले तिर्नुपर्ने भाडादर सर्वपक्षीय छलफलपछि कायम गरेको छ ।

गत भदौँ ५ गते जिल्लामा संचालनमा रहेका यातायात व्यवसायीहरु, राजनैतिक दल, गुल्मी उद्योग वाणिज्य संघ, गुल्मी च्याबर अफ कर्मस नागरिक समाज, पत्रकार र विभिन्न सरोकारवालाहरुसँगको बैठक बसेर नयाँ भाडादर कायम गरिएको हो ।


गुल्मी जिल्लाका नयाँ कायम भएको भाडादर अनुसार भदौँ १० गतेदेखि कार्यान्वयनमा आएको छ । यहाँ पश्चिमाञ्चल बस व्यवसायी संघ, गुल्मी यातायात प्रा.लि., रेसुङ्गा यातायात प्रा.लि., रुरु रेसुङ्गा यातायात प्रा.लि. र चन्द्रकोट यातायात प्रा.लि. का पदाधिकारीसमेत बसेर भाडादर तोकिएको थियो । नयाँ तोकिएको भाडादर कार्यान्वयन भए नभएको समेत प्रशासनले कार्यान्वयन गरिरहेको छ ।

यस्तो छ नयाँ भाडा दर :–
जिप र हायसको भाडा दर प्रति कि.मि.
क) कच्ची सडक ७.२५ रुपैया
ख) ग्राभेल सडक ६ रुपैया
ग) पक्की सडक ३.१५ रुपैया

बस र मिनि बसको भाडा दर प्रति कि.मि.
क) कच्ची सडक ६ रुपैया
ख) ग्राभेल सडक ५ रुपैया
ग) पक्की सडक ३.०२ रुपैया

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update