Erani Mahal
तीजकाे अवसरमा नदीमा नुहाउन जाने तीन महिला बेपत्ता
bepata

कपिलवस्तु - जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ को मर्थीनदीको सन्तघाटमा नुहाउने क्रममा नदीको भेलमा परेर ३ जना बेपत्ता भएका छन् । 

तीजका अवसरमा नदीमा नुहाउन गएका शुद्धोधन गाउँपालिका ६ बेलभरियाकी २५ वर्षीय तारामति कोहार, सोहि स्थानकी १५ वर्षीय तारा कहाँ र र धनश्यमाम रैदासकी ८ वर्षीय छोरी खुस्बु रैदास भेलमा बगेको जिल्ला प्रहारी कार्यालयक कपिलवस्तुले जनाएको छ । 

भेलमा बगेका उनीहरुको खोजीका लागी स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

घटनाको स्थलगत अवलोकनका लागि प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दिपशम्सेर जबरा, शसस्त्र प्रहरी २८ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरी सहितको टोली घटनास्थलमा पुगेको थियो ।  

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update