Erani Mahal
तीजमा मौलिक संस्कृति हराउँदै, आधुनिकताले घट्दै रौनक   ( फाेटाे फिचर)
70402323_939193986440344_8103294297484296192_n

पाल्पा– महिलाहरुको महान पर्व तीजमा मौलिकता हराउँदै गएको छ । आधुनिकता र सूचना प्रविधिको विकासले परम्परागत रुपमा नाचिने नाँच र गाउने गीतहरु हराउँदै जादा तीजको रौनकता वर्षिनी घट्दै गएको हो ।


परम्परागत रुपमा चेलीका दुःख पीडा, मनका बह, सासु बुहारी र घरका पीडा, देशकाल परिस्थिति जस्ता पक्षलाई टपक्कै टिपेर मनाइने तीज गीतहरु अहिले हराउँदै गएको छ । तीजमा गीत गाउने र मादल बजाउने नाँच्ने प्रचलन घट्दै जाँदा आधुनिक डेक, डिस्को र बारहरुले यसको ठाउँ ओग्ट्दै गएको छ ।


अहिले एक महिना अघिदेखि तीजको दरखाने र रमाइलो गर्ने हुँदा परम्परागतको तुलनामा तीज गीत भड्किलो र खर्चिलो बन्दै गएकोमा संस्कृतिविद्हरुको चिन्ता रहेको छ । पाल्पामा समेत जिल्लाका विभिन्न स्थानहरुमा गत वर्षको तुलनामा तीजको रौनकता घटेको संस्कृतिविद् निर्मल श्रेष्ठले बताउनुहुन्छ् । उहाँका अनुसार मौलिक संस्कृतिको जगर्नेमा सरोकारवाला र सबै महिलादिदी बहिनीहरुले लाग्नुपर्ने दिन आएको छ ।

पाल्पामा भगवती मन्दिर, भैरवस्थान, रामपुर, अर्गली, प्रभास, देउराली, पूर्वखोला लगायतका स्थानमा नाँच गान गरिने गर्दछ तर यि स्थानहरुमा विस्तारै परम्परागत नाँचको साटोमा आधुनिकताले हड्प्दै गएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update