Erani Mahal
तीजका अवसरमा रोटरी क्लव अफ् पाल्पाको निशुल्क खानेपानी वितरण
69552428_712051989241503_352716557027115008_n

पाल्पा– रोटरी क्लव अफ् पाल्पाको आयोजनामा तानसेनमा निशुल्क खानेपानी वितरण गरिएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पाल्पाको भगवती मन्दिर परिसरमा खानेपानी वितरण गरिएको हो ।


स्वार्थ भन्दा माथी सेवा भन्ने लक्ष्यका साथ स्थापना भएको क्लवले विभिन्न समाजिक कामहरु गर्ने क्रममा तीजका दिनमा नाचगान गर्ने महिलाहरु तथा दर्शकलाई निशुल्क रुपमा खानेपानी वितरण गरिएको क्लवका अध्यक्ष मधुदयाल सैंजुले बताउनुभयो । उहाँका अनुसार महिलाहरुलाई पाठेघरको क्यान्सर सम्बन्धि जनचेतनामुलक पोष्टर समेत वितरण गरिएको बताउनुभयो ।


खानेपानी वितरणमा क्लवका पूर्व अध्यक्ष सकुन्तला बज्राचार्य, बंकिम चन्द्र खनाल, बिरेन्द्रकाजी शाक्य, उत्पलकुमार बज्राचार्य रोट्याक्ट क्लवका अध्यक्ष अमनकाजी शाक्य, रोटरीन र रोट्याक्टका सदस्यहरुको सहभागिता रहेको थियो । क्लवले यस अघि भगवती जात्रा र अमरनारायण जात्राका अवसरमा समेत जुस र पानी वितरण गरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update