Erani Mahal
पाल्पामा सरकारी बाइक सहित मापसे गरेका वडा सचिव पक्राउ
borgol-ilustrasi

पाल्पा– पाल्पामा कार्यालय समयमा मापसे गरेर सरकारी वाइक चलाएका सरकारी कर्मचारी पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडाका वडा सचिव मापसे गरेर वाइक चलाउँदा तानसेन ६ बर्तुङ्गबाट पक्राउ परेका हुन् ।

उनको कार्यक्षेत्र बगनासकाली भएपनि अन्यत्र कार्यालय समयमा मादक पदार्थ सेवन गरेर सरकारी मोटरसाइकल चलाएर हिडेका थिए । उनलाई बर्तुङ्ग प्रहरीले मापसे चेकजाँचका क्रममा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पाल्पामामा राखेको छ ।


पक्राउ परेका वडा सचिवका विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दिपेन्द्र जिसीले बताउनुभयो । पक्राउ परेका वडासचिवलाई नियम अनुसार कारवाही हुने उहाँले बताउनुभयो ।

उनले लु १ ब ९८२ नम्बरको सरकारी मोटरसाइकल चलाएर हिडेको अवस्थामा मापसे कारवाहीमा परेका हुन् । उनलाई प्रहरीले दिउँसो अन्दाजी ३ः ३० बजेको समयमा बर्तुङ्गबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update