Erani Mahal
पाल्पाकाे डुम्रेमा कार र माेटरसाइकल ठाेक्किदा दुई जना घाइते
accident-2

पाल्पा - सिद्धार्थ राजमार्गकाे बुटवल–पाल्पा सडक खण्डको डुम्रेमा कार र माेटरसाइकल दुर्घटना भएकाे छ । तिनाउ गाउँपालिका ५ डुम्रेमा कार र मोटरसाइकल आपसमा ठाेक्किदा दुई जना घाईते भएकाे प्रभास प्रहरी चाैकी पाल्पाले जनाएकाे छ ।

बुटवलबाट तानसेन तर्फ आउदैँ गरेकाे न २८ प १९७४ नम्बरको मोटरसाईकल र बा १३ च १५८४ नम्बरको कार एक आपसमा ठोक्किएकाे हाे । दुर्घटनामा परी मोटरसाइलमा सवार नवलपरासी जिल्ला देवचुली नगरपालिका बस्ने वर्ष ३४ का छविलाल बस्नेत र उहाँको श्रीमती सोही स्थान बस्ने दुर्गा बस्नेत घाईते भएको प्रभास प्रहरी चाैँकीमा प्रमुख प्रहरी नायव निरीक्षक एक्काबहादुर नेपालीले जानकारी दिनुभयाे ।

घाइते दुबैँ जनाकाे लुम्बिेनि मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । तीन दिन अघि पनि डुम्रे क्षेत्रमै सवारी दुर्घटना भएकाे थियाे ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update