X
15
Shares

पाल्पाकाे रामपुरमा पनि खुल्याे ‘कपडा बैंक’ : गरीब, विपन्नलाई सित्तैमा कपडा

रानीमहल संवाददाता || १५ भाद्र २०७६,आईतवार २०:०४

पाल्पा । गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा पनि ‘कपडा बैंक’ सञ्चालनमा आएको छ ।

काठमाडाै, चितवन, दाग, धनगढि, डडेल्धुरा लगायतका स्थानमा खुलेर चर्चा कमाएकाे कपडा बैंक पाल्पामा भने पहिलाे पटक खुलेकाे हाे ।


रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो ।


कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा जस्तै ः सारी, चोलो, पेटिकोट, कुर्था सुरुवाल, सल, टिसर्ट, पेन्ट, सर्ट, हाफपेन्टलगायतका तयारी कपडा राखिएको छ । रामपुर युवा क्लबको कार्यालयमा विभिन्न व्यक्तिबाट सङ्कलन भएका कपडा जम्मा गरेर राखिने र इच्छुक व्यक्ति आफैँले गएर रोजेर लैजानसक्ने व्यवस्था मिलाइएको क्लबका सचिव सुन्दर कँडेलले बताउनुभयो ।
उहाँका अनुसार कपडा वितरण र अभिलेखका लागि एक कर्मचारी खटाइनेछ । कर्मचारी र क्लबसँग सम्पर्क गरेर सित्तैमा कपडा लैजान सकिनेछ । कपडा बैंकमा नयाँ र पुराना, सुकिला र सफा लुगा मात्र सङ्कलन गरिएको छ ।


गरीब र असहायका लागि सहयोग पुगोस् भनेर कपडा बंैक स्थापना गरिएको क्लबका अध्यक्ष छमबहादुर दरै बताउनुहुन्छ ।
“विभिन्न भैपरी आउने घटना, विपन्न परिवारलाई राहतस्वरुप रामपुरमा कपडा बैंकको शुरुआत गरेका हौँ”, उहाँले भन्नुभयो । सामाजिक हितका लागि यो कार्य राम्रो रहेकाले नगरपालिकाले सक्दो सहयोग गर्दै जाने र हाललाई नगरपालिकाको तर्फबाट रु ५० हजार सहयोग गर्ने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । 


आपत्विपत परेका, गरीब, विपन्न व्यक्तिका लागि यो कार्यक्रमले सहयोग पुग्ने र उद्योग वाणिज्य सङ्घले पनि यस कार्यक्रम सञ्चालन गर्न सक्दो सहयोग गर्ने रामपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले बताउनुभयो ।


रामपुरका विभिन्न बजारका पसलमा नबिकेका, गोदाम र पसलमा मौसम सकिएर थन्किएका कपडा सङ्कलन गरेर कपडा बैंकमा जम्मा गर्ने व्यापारीले बताएका छन् । घरमा प्रयोग नभएका कपडासमेत खोजीखोजी बैंकमा लगिएको छ । रामपुरमा ‘कपडा बैंक’ स्थापना भएपछि गरीब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys