Erani Mahal
विजु बोर्डिङ्गमा तानसेनका इन्ट्रयाक्ट क्लवहरुको योजना तर्जुमा गोष्ठी
69861013_1744006105743629_3442364778201219072_n

पाल्पा– तानसेनको विजु बोर्डिङ्गमा तानसेनका इन्ट्रयाक्ट क्लवको विद्यार्थीहरुलाई योजना तर्जुमा कार्यशाला गोष्ठी शनिवार सम्पन्न भएको छ ।


क्लवका अध्यक्ष दिप्सा शाक्यको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लव अफ्ु पाल्पाका अध्यक्ष मधुदयाल सैंज्ले यस्तो कार्यक्रमले विद्यार्थीमा आन्तरिक क्षमता प्रस्फुटन गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले रोटरी क्लवको भातृ संस्थाको रुपमा रहेको इन्ट्याक्ट क्लव तानसेनका ५ वटा विद्यालयमा गठन गरिएको बताउनुभयो । उहाँले विद्यार्थीकालदेखि नै रोटरीको सिद्धान्त स्वार्थ भन्दा माथी सेवा भन्ने भावका साथ काम गर्नका लागि यस्ता क्लवहरुले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशिक्षक रोटरी क्लव अफ् पाल्पाका पूर्व अध्यक्ष उत्पल कुमार बज्राचार्यले क्लवका विद्यार्थीहरुलाई योजना तर्जुमाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।


तानसेनको विजु बोर्डिङ्ग, बेथल, पाल्पा आवासिय, सेन्ट कपितानियो विद्यालयका ७५ जना इन्ट्याक्ट क्लवका विद्यार्थीहरुको सहभागिता रहेको गोष्ठीमा प्रशिक्षार्थी विद्यार्थी जेनितलाल शाक्य, इन्ट्याक्ट क्लव बेथलका अध्यक्ष जुनु राना, सेन्त कपितानियोका अध्यक्ष सम्राट घिमिरे, पाल्पा आवासियका अध्यक्ष आयुष्मा बज्राचार्य, रोट्याक्ट क्लप पाल्पाका अध्यक्ष अमनकाजी शाक्य, विजु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रकाजी शाक्य,प्रिसिन्पल अनुराधा शाक्य लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम क्लवका सचिव आयुष खाम्चाले संचालन र इन्दिरा मल्लले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update