Erani Mahal
पाल्पामा अन्तरपालिका स्तरीय भलिबलमा पुरुषमा निस्दी र महिलामा श्रीनगर क्लव विजयी
69702280_2335062899896323_2661376734074503168_n

पाल्पा – पाल्पामा जारी अन्तरपालिका स्तरीय भलिवल प्रतियोगितामा पुरुषमा निस्दी गाउँपालिका र महिलामा आयोजक श्रीनगर भलिवल क्लव प्रथम भएको छ । श्रीनगर भलिबल क्लब तानसेन, पाल्पाको आयोजना भएको अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।


प्रतियोगितामा पुरुष तर्फ निस्दी गाउपालिका प्रथम, रामपुर नगरपालिका दोस्रो र रम्भा गाउपालिका तेस्रो भएका छन् । प्रतियोगितामा पुरुषतर्फ विजयी हुनेले क्रमशः ५१ हजार, ३१ हजार र रु २१ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन् ।


यस्तै महिला तर्फ आयोजक श्रीनगर भलिबल क्लब प्रथम, रम्भा गाउपालिका दोस्रो र माथागढी गाउपालिका तेस्रो भइ क्रमशः ३१ हजार, २१ हजार र तृतिय हुनेले ११ हजार नगद, प्रमाण पत्र मेडल प्राप्त गर्न सफल भएको आयोजक श्रीनगर भलिवल क्लवका अध्यक्ष कृष्णबहादुर आलेले इरानीमहललाई जानकारी दिनुभयो ।


लगातार चार दिन सम्म चलेको प्रतियोगितामा श्रीनगर भलिबल क्लब खेलाडी कल्पना सिन्जाली मगरलाई प्रोत्साहन स्वरुप १० हजार र पुर्ब राष्ट्रिय खेलाडी दिलिप महर्जनलाई सम्मान समेत गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य वीर बहादुर राना, बिशिस्ट अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रामपुर नगरपालिकाका प्रमुख रमण थापा, तिनाउँ गाउपालिकाका प्रमुख ओम बहादुर घर्ती मगरको उपस्थिति रहेको थियो भने सचिब दिपक चोहानको संचालक रहेको कार्यक्रमको सभापतित्व अध्यक्ष कृष्ण बहादुर आलेले गर्नुभएको थियो ।


कार्यक्रम सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष देश बिदेशमा रहनुहुने महानुभाव , समाजसेवी, पत्रकार, स्वयंसेवक, रेफ्री, खेलप्रेमी दर्शक महानुभाव, क्लबका शुभचिन्तक, पुरस्कारदाता, व्यवसायीहरु लगायतलाई कार्यक्रममा प्रशंसा पत्र र सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update