Erani Mahal
राम्दिको  वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई पहिलो नेपालको सम्मान
69489585_920666594940753_592277776824795136_n

विष्णु पान्डेय पाल्पा - विभिन्न सामाजिक काममा कृयाशिल रहेकाे पहिलो पाईला नेपाल पाल्पाले तीजको अबसरमा स्याङजाको गल्याङ नपा १० राम्दिमा रहेको शिब पार्वति वृद्धाश्रममा रहेका १८ जनालाई शनिबार एक कार्यक्रमका बिच सम्मान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

पाल्पा शाखाका सल्लाहाकार सचिन बिष्टको प्रमुख आतिथ्यता , राम माविका सहायक प्रअ गोपि वस्याल लगायत अन्य व्यतिmहरुको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा शाखा उपाध्यक्ष अस्मिता जिसिको स्वागत र कार्यक्रमकाृ सञ्चालन शाखा सदस्य सुवास पोखरेलले गर्नुभएको थियो । अबका दिनमा पनि यसरीनै सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै जाने पहिलो पाईला नेपाल पाल्पा शाखा सचिव दिपक पान्डेयले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update