Erani Mahal
कांग्रेस उप-सभापति ढकाललाई मातृ शाेकमाथि पत्नी शाेक पनि एकैपटक
69224914_1149825491880560_2559398185944481792_n

पाल्पा - आमाको काजकिरिया रहेका नेपाली काँग्रेस पाल्पाका उपसभापति एवं सामाजिक अभियान्ता देवराज ढकाललाई शोकमाथि फेरि अर्को शोक परेको छ । गत सोमबार आमा भिम कुमारी ढकालको निधनमा काजक्रियामा रहेक ढकालका धर्मपत्नी गौरा ढकालको शनिबार विहान ६७ वर्षको उमेरमा निधन भएको छ ।

सासु आमाको काजक्रियामा बसीरहेकि गौरा ढकाल अकस्मात शनिवार बिहान घरमा नै ढलेकी थिइन्। तत्कालै रामपुर अस्पतालमा पुर्याउना साथ ढकाललाई अस्पतालले मृत घोषणा गरेको थियो । लामो समय देखि सुगर र प्रेसरको औषधी खादै आउनुभएकी गौरालाई शुक्रबार साँझदेखि असहज भएको उहाका श्रीमान देवराज ढकालले बताउनुभयो ।


उपसभापति ढकालका धर्मपत्नी स्वर्गीय ढकालका १ छोरा र ४ छोरी छन् । त्यस्तै अर्का स्वर्गीय श्रीमती तर्फ १ छोरा र १ छोरी छन् । उपसभापति ढकाल नेपाली काङ्ग्रेस जिल्ला उपसभापति संगै शहिद बहुमुखी क्याम्पस रामपुर सञ्चालक समितिका अध्यक्ष, रेडक्रस जिल्ला उपसभापति, कालीगण्डकी मल्टिटेक्निकल ईन्स्टिच्युटका अध्यक्ष सहित जिल्लाका दर्जन बढी सामाजिक संघ, संस्थामा आवद्ध रहँदै आउनुभएको छ।

स्वर्गीय गौरा ढकालको शनिबार नै कालीनदी किनार तिलकपुर तातोपानीघाटमा दाह संस्कार गरिएको छ । शनिबार नेपाली कांग्रेस पाल्पाका नेतृत्व पंक्ती सहित सयौं कार्यकर्ता, जनप्रतिनिधि, सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

यसैबिच नेपाली काङ्ग्रेसले आजै पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली दिएको छ । पार्टी संगठनमा उहाले पुर्‍याउनुभएको योगदानको चर्चा गर्दै उहाको घरमा नै भएको सभामा नेपाली काङ्ग्रेस जिल्ला सभापती तथा प्रदेश सांसद वीर बहादुर राना, नगर सभापती नेत्र भट्टराई, नगर प्रमुख रमण बहादुर थापा लगायतले पार्टीको झण्डा ओढाउनुभएको हो ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update