Erani Mahal
पाल्पाकाे डुम्रेमा टिप्परकाे ठक्करबाट दुई जना गम्भीर घाइते
accident-

पाल्पा – तानसेन–८, डुम्रेमा शुक्रबार साँझ टिप्परले मोटरसाईकललाइ ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन् । तानसेन–बुटवल सडक खण्डको डुम्रेमा तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २९९४ नम्बरको टिप्परले बुटवलबाट तानसेनतर्फ आइरहेको लु ३३ प ९३५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


टिप्परको ठक्करबाट मोटरसाइकल चालक पाल्पा जिल्ला बगनासकारी गाउँपालिका–६, यम्घा बस्ने २२ वर्षका थर्कराज खनाल र मोटरसाइकलमा बस्ने २० वर्षिया रन्जु खनाल गम्भीर घाइते हुनुभएको हो ।


घाइते दुबैजनाको उपचार तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसनधान भईरहेको प्रभास प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक एक्काबहादुर नेपालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update