Erani Mahal
घुम्टे युवा परिवार गलकोटकाे तीज गीत कार्यक्म
IMG_0232

बागलुङ/ गण्डकी प्रदेशका सांसद दिलमाया रोका दिपाले महिलाको मौलिक हक अधिकारको निम्ति गण्डकी प्रदेश सरकारले महिला मैत्री कार्यक्रमहरु अगाडी बढाईरहेको बताउनु भएको छ ।

सामाजिक संस्था घुम्टे युवा परिवार र महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्मले आयोजना गरेको तीज कार्यक्रमलाई सम्वोधन गर्दै सांसद रोकाले यस्तो बताउनु भएको हो । तीज पर्व र मौलिक कला संस्कृति र परम्परा जोगाउन सम्पुर्ण दिदीबहिनीहरु एकजुट हुनुपर्ने सांसद रोकाले धारणा राख्नु भयो । पहिलेको तुलनामा महिला दिदीबहिनीहरुको सामाजिक क्षेत्रमा सहभागिता बढदै गईरहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

घुम्टे युवा परिवारले महिला दिदीबहिनीहरुलाई लक्षित गरि यस्ता कार्यक्रम गरिनुले माईतीको झल्को समेत मेटेको उल्लेख गर्नुभयो । सो अवसरमा जिल्ला समन्वय समिति बागलुङका सदस्य रुपा विश्वकर्मा, गलकोट नगरपालिका नगर कार्यपालिका सदस्य कमला ढकाल, गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य मिना दर्जी, प्रगतिशिल महिला समुह गलकोट नगरपालिका ५ का पुर्व अध्यक्ष विष्णु कॅडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तीज कार्यक्रममा लामो समय सामाजिक क्षेत्रमा योगदान पुर्याउनु भएका महिला समाजसेवीहरु तिल कुमारी थापा, चन्द्रा कुमारी थापा, राधिका गौतम, चित्र कुमारी दर्जी र कमला केसीलाई सम्मान गरिएको थियो । तीज कार्यक्रममा गलकोट नगरपालिका भित्रका ११ वटै वडाका महिला जनप्रतिनिधीहरु, महिला सञ्जालका प्रतिनिधीहरु, महिला जागरण केन्द्रका प्रतिनिधीहरु, महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । महिला दिदीबहिनीहरुले वर्ष भरिका आफना मनका पिडा वेदनाहरु तीज गीत र नृत्य मार्फत पोखेका थिए ।

आजकल तीजमा धेरै मेला महोत्सवहरु आयोजना गरिए पनि प्राय प्रतियोगितात्मक कार्यक्रमहरु बढि हुने गर्दछन । पहिले पहिले जस्तो दिदीबहिनीहरु तीजमा जम्मा भएर नाचगान गाउने प्रचलन हराउदै गर्दा घुम्टे युवा परिवार र महिला जागरण केन्द्र मल्मको यो कार्यक्रमले नारीहरुको सम्मानमा महत्वपुर्ण भुमिका खेलेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । वडा नं ७ भित्रका महिला समुहहरुको सकृय सहभागितामा तीज कार्यक्रम अन्तर्गत खुल्ला नाचगान गरि तीजलाई हर्षोल्लासमय वातावरणमा मनाएका हुन ।

महिला दिदीबहिनीहरुलाई दर खुवाउन र कार्यक्रम सञ्चालनको लागि सामाजिक संस्था घुम्टे युवा परिवारले सम्पुर्ण व्यवस्थापन मिलाएको थियो । तीज कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखा सह-आयोजकको रुपमा रहेको थियो । शाखाले नेपालमा हुने विभिन्न सामाजिक कृयाकलापहरु, कार्यक्रमहरु र स्थानियको सुख दुखमा सहयात्री बन्दै आईरहेको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update