Erani Mahal
मालपाेत कार्यालय बुटवलका कर्मचारी घुस रकम सहित पक्राउ
malpot-butwal

बुटवल - मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै बिहीबार दिउँशाे रंगेहात पक्राउ परेका छन् ।

मालपाेत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंँग १ लाख २० हजार घुस लिँदालिँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो ।

मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे पनि पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेकाे अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभएकाे छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update