Erani Mahal
रुरु धाम रिडीमा  आरती गर्नको लागि  पन्चेबाजा जडान
69803890_599542370870559_4896253624994234368_n

चुरामणी तिमिल्सिना पाल्पा- रुरु धाम रिडीमा आरती गर्नको लागि पन्चेबाजा जडान गरिएको छ ।

रुरु धार्मिक सेवा सन्चार प्रालिको आग्रहमा बुटवल निवासी यदुनाथ पान्डेले आफना बुवा जीबनाथ पाण्डे र आमा गौरा पाण्डेको सम्झ्नामा उक्त बाजा हृषिकेश मन्दिरमा जडान गरिएको हो।

पान्डेले यस्तै केही समय अगाडी बुटवलका मन्दिर , अर्गलीको भगवती मन्दिर , मा पनि बाजा जडान गरेक छन यो बाजा विद्युत को माध्यम बाट सम्चालन हुने छ । अब पाण्डेले पाल्पाको अर्गली राधाकृष्ण मन्दिर र मुस्लुक सिबालाय मन्दिरमा पनि जडान गर्ने तयारी गरेको हो सन्चार प्रालिले केही समय अगाडी मन्दिरमा विद्युत प्राधिकरण को आर्थिक सहयोगमा करिब २0 हजार बराबरको बिजुली बल्व जडान गरेको थियो ।

पान्डेलाइ प्रालिले आउदो मन्सिर १५ गते भजन प्रतियोगिता को अबसर पारेर सम्मान गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update