Erani Mahal
पाल्पामा टुयुशन पढ्दै गरेका छात्रा एक्कासी बेहोस, एकजनाको मृत्यू, ७ जना घाइते
mass-historiya

पाल्पा । जिल्लाको रम्भा गाउँपालिका ५ ताहुँको रम्भा माध्यमिक बिद्यालय ताहुँमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु ट्युशन पढ्ने क्रममा एक्कासी बेहोस भएका छन् ।


ट्युशन पढ्ने क्रममा बेहोस भएर ढल्दा एकजना छात्रा कमला फालको मृत्यू भएको छ भने अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


बेहोस् भएकी छात्रा फालको प्राथमिक स्वास्थय केन्द्र ताहुँमा उपचार हुन सम्भव नभएपछि उनलाई तत्कालै लुम्बिनी मेडिकल कलेज पठाइएको बिद्यालयका प्रधानाध्यापक तुल्सी अर्यालले बताउनुभयो । उनको लुम्बिनी मेडिकल लैजादै गर्दा बाटोमै निधन भएको र अस्पतालले मृत घोषणा गरेको बताउनुभयो ।


अन्य घाइते ७ जनाको भने तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । छात्राहरु किन बेहोस भएको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतक फाल भने मानसिक समस्या रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विद्यालयका कक्षा १० का विद्यार्थीहरु ७ जना छात्रा , १ जना छात्र पढीरहेको अबस्थामा अचानक वेहोस भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य चौकिमा ताहुँमा सामान्य उपचार पश्चात थप उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको छ ।

८ जना मध्ये १ जना छात्रा पुर्वखोला ६ बस्ने बर्ष १६ कि कमला फालले व्रेन सम्बन्धि औषधि सेवन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई लाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेन लैजादै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update