रामपुरमा मखमली र सयपत्री फूलकाे व्यावसायिक खेती सुरू

सीता डाेटेल || १० भाद्र २०७६,मंगलवार २०:१३
पाल्पा – पहिलो पटक पाल्पाको रामपुरमा एक युवाले व्यवसायिक फूल खेती शुरु गरेका छन् । बिस्तारै चाडपर्व नजिकिए संगै रामपुर नगरपालिका ४ का युवा दिल बहादुर थापाले फुल खेतीको शुरूवात गर्नुभएकाे हाे ।
बजारमा प्लास्टिकका माला र बाहिरबाट ल्याउने फुलले बजार ढाक्ने गरेपछी यही खेती गरेर नयाँ, मौलिक र कम लगानीमा उपभोक्ताले गाउघरमा नै पाउने भएपछि राम्रो बिक्री हुने आशामा खेती सुरु गरेको थापाले सुनाउनुभयो ।

देवीस्थान र कासजरी क्षेत्रको झण्डै १ रोपनीमा अहिले व्यवसायिक फूल खेती सुरु गरिएको छ । दशै तिहारमा बढी माग हुने मखमली र सयपत्री फूल रोपिएको छ। थापाले तालिम लिएकाले आफैले नर्सरी बनाएर फुल खेतीमा कस्सिएको बताउनुभयो ।
एक हप्ते व्यवसायिक पुष्पखेती, नर्सरी तथा बगैचा व्यवस्थापन सम्बन्धी तालिम लिएपछि तरकारी सहित फुल खेती गर्ने इच्छा जागेको उहाको भनाई छ । थापा पछिल्लो ३/४ बर्षदेखी व्यबसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
रामपुरको अगुवा किसानमा उहाँ गनिनुहुन्छ । उहाँको सिको सिकाईमा रामपुर ४ कै स्थानीय उद्यमी कृषक महिला समुहले पनि फुलखेतीको शुरु गरेको छ । समुहमा आवद्ध रहेका १८ जना महिला समुहले थापाकै नर्सरीबाट बिरुवा लगेर १ रोपनी भन्दा बढी जग्गामा फूलखेती सुरु गरेको छ ।