Erani Mahal
गुरुयोजना सहित तिनाउँको विकासमा लागेका छौं : पनेरु
Paneru

ज्ञानु प्रसाद पनेरु
प्रमुख प्रशासकीय अधिकृत
तिनाउँ गाउँपालिका, पाल्पा ।

तिनाउँ गाउँपलिकामा स्थानीय सरकार गठन भईसकेपछि पहिलो वर्ष पहिलो गाउँसभाले आ. व. २०७४।०७५ प्रथम गाउँसभाले बजेट बनाएको थियो । गाउँसभाले बनाएका बजेट योजनाहरु कार्यान्वयनको चरणमा मैले गाउँपालिकामा तेस्रो चौमासिकबाट हाजिर भएर काम सुरु गरेको हुँ । हामीले सरसरर्ती रुपमा हेर्दा उपभोक्ता समिति मार्फत काम गराउने र साना साना योजनाहरु छरिएको अवस्था थियो । गाउँपालिकाले योजना नबनाएको, नीति तथा कार्यक्रम स्पष्ट भएको थिएन्, तेस्रो गाउँसभा भन्दा पहिला गाउँपालिकाले आफैं काम गर्ने वातावरण भएको थिएन, नीति तथा कार्यक्रम पनि स्पष्ट नभएकोले कामका उल्लेख्य क्रियाकलापहरु भएका थिएनन् ।

तेस्रो गाउँसभाबाट हामीले नीति तथा कार्यक्रम ल्यायौं । गाउँपालिकाका गौरवका आयोजनाहरु बनायौं, लगत स्टिमेट तयार गर्ने, वडाले बनाएका योजना पनि गौरवका आयोजना ठानेर, विस्तृत विवरण, लागत स्टेमिट बनाउने, गाउँपालिकाले र वडा मार्फत गर्न नसक्ने आयोजनाको पनि विस्तृत सर्भे बनाउने काम गरियो । त्यसरी प्रदेश र केन्द्रसँग बजेट माग गर्ने काम गरेका छौं ।


पहिलेको अवस्था र अहिले विकासमा हामी धेरै अन्तर भएको पाएका छौं । मास्टर प्लान अनुसार काम गर्ने र समयमै कार्यान्वयन गर्नेतर्फ हामीले मुख्य ध्यान दिएका छौं । हामीले एक वर्षका के गर्ने, दुई वर्षमा के गर्ने, पाँच वर्ष र दश वर्षमा के गर्ने भन्ने कुरा मास्टर प्लानले नै निर्देशित गर्ने गर्दछ । त्यसैले हामीले आ.व. २०७६/०७७ मा गाउँपालिकाले आफ्नो विकासको विस्तृत योजना (मास्टर प्लान) निर्माण गरिएको छ । योजनावद्ध कार्यक्रमको सुरुवात भएको छ । डिपिआरहरु तयार भएको छ ।


गाउँपालिकाले अब यो वर्ष के गर्ने, कुन महिलामा कस्ता कार्यक्रम गर्ने, कहाँ के के प्राथमिकता योजना रहेका छन् भन्ने कुरा मास्टर प्लानमा बनाएका छौं । प्रत्येक वर्ष बजेटमा राखिने प्राथमिकता, योजना र स्रोत पनि त्यही मास्टर प्लानमै समेटिएको छ । जसले गर्दा योजनाहरुको पारदर्शीता र कार्यान्वयनमा समेत सहजता ल्याउने विश्वास लिएको छु । गत आर्थिक वर्षको तुलनामा आ.व. २०७६/०७७ मा असार मसान्तमै भीड रोक्नलाई मंसिर पुस मसान्तभित्र काम सक्ने गरी कार्ययोजना बनाएर काम सम्पन्न गरिएको छ । अब यस आ.व. २०७६÷०७७ मा पनि असार मसान्त कुर्ने वातावरण नबनाएर मंसिर मसान्तभित्रमा सबै आयोजनाको सम्झौंता गर्ने र बैशाख मसान्तभित्रमा कार्यसम्पादन गर्ने लक्ष्य सहितको काम गाउँपालिकाले सुरुवात गरेको छ ।

हामीले मंसिरमसान्तसम्म आयोजनाको सम्झौता नगर्ने र बैशाखभित्र काम नगरेमा आयोजनाको पैसा फिर्ता माग्ने सम्मको कार्ययोजना बनाउन लागिएको छ । यसरी क्रमश योजनाबद्ध ढंगले काम गर्न सकियो भने गाउँपालिकाको विकासमा कुनै समस्या पर्दैन । हामीलाई मानवीय स्रोत र साधनले समेत विकास र काम गराईमा सहयोग गर्ने गर्दछ हामीलाई गत वर्ष प्राविधिक कर्मचारीको समस्याले काममा असहजता भएको पाइयो । अहिले हामीले प्राविधिक जनशक्ति थप गरेरै भएपनि जनतालाई गाउँ सरकारको आभाष बनाउन र योजना कार्यान्वयनको सम्बन्धमा कुनै गुनासा नआउने गरेर काम गरिनेछ ।


गत वर्ष यस वर्ष गत वर्षको भन्दा बढी नै भएको छ । अहिले सबै आयोजनाहरु समयमै सकिएका छन्, क्रमागत योजनालाई समेत निरन्तर रुपमा लैजाने. र स्थानीय सरकारको आभास जनतामा दिलाउनको लागि गाउँपालिकाले काम गरिरहेको छ गत वर्ष वित्तिय प्रगति ९२ प्रतिशत भएको छ । अबको वर्षमा यसलाई शतप्रतिशतमा लैजाने गाउँपालिकाको योजना रहको छ । वित्तिय र भौतिक प्रगतिलाई सुधार गर्ने, वेरुजु घटाउने र जनतामा स्थानीय सरकारको आभाष दिलाउने गरि हामीले काम गरिएको छ । यसमा सबैको रचनात्मक सल्लाह, सुझाव, सहयोग र साथको आवश्यकता रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update