Erani Mahal
जनमुक्ति पार्टीको भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान
janamukti

बुटवल - राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश ५ को नेतृत्वमा भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान प्रदेशभरी सञ्चालन भइरहेको सो पार्टीले जनाएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश ५ का अध्यक्ष झम बहादुर गुरुङको नेतृत्वमा प्रदेश ५ का जिल्लाहरुमा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । अभियानकै क्रममा गुरुङको नेतृत्वमा मंगलबार प्युठानको खलङ्गामा भ्रष्टाचार विरुद्ध हस्ताक्षर संकलन गरिएको छ । खलङ्गामा स्थानियहरु स्वस्फुुर्त रुपमा भ्रष्टाचार विरुद्ध ऐक्यबद्धता जनाउँदै हस्ताक्षरमा सहभागी भएका थिए ।

हस्ताक्षर संकलन पश्चात आयोजना गरिएको सभामा राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामी, महिला विभाग इन्चार्ज कमला थापा, प्रदेश ५ उपाध्यक्ष धनी आले लगायतले बोल्दै भ्रष्टाचार गर्नेलाई देशद्रोहीको रुपमा कानुनमै व्यवस्था गर्नुपर्ने बताए । भ्रष्टाचार विरुद्ध कानुनी व्यवस्था बलियो बनाउनु पर्ने उनीहरुको तर्क थियो ।

स्थास्थ र शिक्षाको जोहोमा जनताहरु तड्पिन बाध्य हुनु, वेरोजगार युवाहरु बढ्नु, व्यापार घाटा बढ्नु, नेपाल अल्पविकसित मूलुकमै रहिरहनुको प्रमूख कारण यहाँको भ्रष्टाचारीहरु जिम्मेवार रहेको उनीहरुको भनाइ छ । भ्रष्टाचारलाई न्युनिकरण नगर्दासम्म देशको विकास सम्भव नभएको वक्ताहरुको तर्क थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update