Erani Mahal
निस्दी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
68938002_2724168950950525_1070780229301043200_n-1

पाल्पा– निस्दी गाउँपालिका मित्याल पाल्पाको आर्थिक वर्ष २०७५/०७६ को तेस्रो सार्वजनिक सुनुवाइ मंगलवार सम्पन्न भएको छ ।


गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले प्रतिवेदन पेश गर्नुहँदै गत आव २०७५/०७६ मा गाउँपालिकाले ९७ प्रतिशत भौतिक प्रगती गरेको बताउनुभयो ।


गाउँपालिकाले प्रशासकीय भवन तथा वाहुउद्देश्सीय सभा हलको डिपिआर, नेपाल टेलिकमको टावर परीक्षण, वायु उर्जाको परीक्षण गर्न सफल भएको बताउनुहुँदै चालू आर्थिक वर्षको लागि गाउँपालिकाले कुल ४७ करोड ६८ लाख बराबरको बजेट ल्याएको जानकारी गराउनुभएको थियोे ।


कार्यक्रममा नेकपाका नेता देवीलाल लामिछानेले स्थानीय सरकारको कामकारवाहीलाई जनताले अनुभव गर्ने गरी संचालन गर्न सकेमा उलव्धी संस्थागत हुने बताउनुभयो । गाउँपालिकाको उपाध्यक्ष रिताकुमारी अर्यालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा स्थानीय नागरिकले शिक्षा, स्वास्थ, विद्युुत, कृषि, खानेपानी, यातायात, युवा सशक्तीकरण लगायतको विषयमा जिज्ञासा राखेका थिए ।

सहभागीले उठाएका जिज्ञासाको प्रमुख प्रशासकीय अधिकृत, विषयगत कार्यालयका शाखा संयोजक, जनप्रतिनिधि लगायत जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाइको सहजीकरण पत्रकार नेत्र गैरेले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update