Erani Mahal
पूर्वखोलाको जल्पामा टेलिकमको विटिएस टावर संचालनमा
69274784_2944591012277851_2747757743396880384_n

पाल्पा– जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा टेलिकमको विटिएस टावर संचालनमा आएको छ । टावरको पाल्पा क्षेत्र नं. ! (ख) का सांसद नारायण प्रसाद आचार्यले एक कार्यक्रमका बीचमा उद्घाटन गर्नुभयाे । टावर उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले दुर्गमका स्थानीयतहलाइ सरकारी सुपथ मुल्यको सेवा संगै दुरसंचार पहुँच पुगेकोमा खुसी व्यक्त गनर्’भयो .

उहाँले आफ्नो निर्वाचन क्षेत्र पर्ने भएकोले विशेष जोडका साथ काम गरेर संचार पहुँच पुर्याउन सफल भएको बताउनुभयो । कार्यक्रममा टेलिकम पाल्पाका प्रमुख सन्तोष भण्डारीले दुर्गम बस्तीहरुमा टेलिकमको गुणस्तरीय सेवा दिन कार्यालयले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।


कार्यक्रममा स्थानीयहरुलाई निशुल्क सीमकार्ड समेत वितरण गरिएको वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा दुरसंचार सेवा नहुँदा स्थानीयहरुलाई समस्या पर्दा समेत समस्या भएकोमा अब ढ’क्कले संचार सेवा प’गेको बताउन’भयो .

तस्वीर तेज घर्तीमगरकाे सहयाेगमा ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update