Erani Mahal
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका बारेमा छलफल
DSC_1197

पाल्पा–पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा निस्दी र माथागढी गाउँपालिकाका अध्यक्षहरुका बीचमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।


कार्यक्रममा जनताको जीवनस्तर माथि उठाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम महत्वपूर्ण हुने धारणा ५ नं. प्रदेशका प्रदेशसभा सदस्य तुलाराम घर्तीमगर बसन्तले राख्नुभयो । उहाँले यो कार्यक्रमलाई रैनादेवी छहरा, माथागढी, र निस्दी गाउँपालिकाले प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख दयाराज बस्याल, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, रैनादेवी छहरा गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी र अन्य सराेकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रमको बारेमा रामबहादुर राउतले जानकारी दिनुभएको थियो ।

तीन वटा गाउँपालिकाका जनताको आर्थिकस्तर माथि उठाउन, प्राकृतिक प्रकोप कम गर्न लगायतका क्षेत्रमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन भएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  २०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update