Erani Mahal
तिनाउकाे टुडिखेल सामुदायिक वनकाे चाैँधाैं साधारणसभा सम्पन्न
69417574_484719882085625_601977002685104128_n

पाल्पा - तिनाउ २, दाेभान हापुरकाे टुडिखेल सामुदायिक वनकाे १४ औँ साधारणसभा साेमबार दाेभानमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रवक्ता राजेश श्रेष्ठले तिनाउका जनताकाे जीवनस्तर माथि उठाउन सामुदायिक वनकाे भूमिका महत्वपूर्ण रहेकाे बताउनुभयाे । उहाँले वन जाेगाए मात्र मानव जीवनकाे अस्तित्व रहने भन्दै मानव हितका लागि वनकाे संरक्षण गर्नुपर्नेमा जाेड दिनुभयाे ।

साधारणसभामा वडा नं. २ का वडा सदस्य बल बहादुर सारु, पूर्णबहादुर सार्की, सृजना थापाअमर बिकले धारणा राख्नुभयाे । साधारणसभामा १२ लाख बराबरकाे आय ब्याय प्रस्तुत भएकाे थियाे ।

कार्यक्रममा जेष्ठ नागरिक प्रेम बहादुर थापालाई ५ हजार नगद सहित दाेसल्लाले सम्मान गरिएकाे थियाे । साधारणसभाले धन बहादुर रास्काेटीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेकाे छ। साधारणसभा माया थापाकाे अध्यक्षतामा हिरा रास्काेटीकाे सञ्चालनमा भएको थियाे ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update